site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ऐतिहासिक विन्दुमा नेप्से, ९ अर्ब बढीको कारोबार
Sarbottam CementSarbottam Cement

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेल नयाँ उचाइ कायम गरेको छ । साताको पहिलो दिन आइबार सेयर बजार परिसूचक नेप्से २५.७१ अंकले वृद्धि हुँदा २६५७.६१ अंकको ऐतिहासिक उचाइमा पुगेको हो ।

यसअघि, गएको फागुन ६ गते २६४०.३५ अंकको उचाइ कायम गरेर झरेको नेप्सेले आइतबार उक्त रेकर्ड ब्रेक गरेको हो । आइबार बजार परिसूचकले ऐतिहासिक रेकर्ड कायम गर्दा ९ अर्ब बढीको कारोबार भएको छ । ९ अर्ब ६८ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार हुँदा १ करोड ८१ लाख ७३ हजार ३७८ कित्ता सेयर किनबेच भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

आइतबार प्रि ओपनिङ सेसनमा नै करिब २६ अंकमाथिले वृद्धि भएर २६५८.३१ अंकमा खुलेको नेप्से उचार–उढावबीच इन्ट्रा डे कारोबारमा २६५८.७३ अंकको उच्च विन्दु र २६४६.०५ अंकको न्यून विन्दुको बीचमा घुुमेको थियो ।

नेप्से ०.९८ प्रतिशतले बढे पनि व्यापार, होटेल तथा पर्यटन, उत्पादन, म्युचुअल फन्ड र लगानी उपसूचक भने घटेको छ । व्यापार उपसूचक सर्वाधिक ४.३९ प्रतिशत र लगानी उपसूचक २.३५ प्रतिशतले घटेको हो ।

Global Ime bank

निर्जीवन बिमा उपसूचक ३.९७ प्रतिशत, वित्त कम्पनी उपसूचक ३.६६ प्रतिशत र अन्य उपसूचक ३.४१ प्रतिशतले बढेको छ । यस्तै, हाइड्रोपावर उपसूचक १.५ प्रतिशतले वृद्धि हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक भने ०.८१ प्रतिशतले बढेको छ ।

नेप्से ऐतिहासिक विन्दुमा पुग्दा नेपाल इन्फ्रास्ट्रकचर बैंकको सर्वाधिक ४७ करोड ५६ लाख ९९ हजारको कारोबार हुँदा अपर तामाकोसीको २८ करोड  ४१ लाख ५४ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा ७ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयर मूल्यमा सर्किट लाग्नेमा वोमी लघुवित्त, जनरल इनस्योरेन्स, राधि जलविद्युत् कम्पनी, आइएमई जनरल इन्स्योरेन्स, एनआईसी, एसिया लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स र सान्जेन जलविद्युत् कम्पनी रहेका छन् । साल्ट ट्रेडिङको सेयर मूल्य साढे ४ प्रतिशतमाथिले घट्दा सपोर्ट माइक्रोफाइनान्स र जलविद्युत् लगानी तथा विकास कम्पनीको सेयर मूल्य पनि ४ प्रतिशतमाथिले घटेको छ ।

आज कारोबारमा आएका ११० कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ५८ कम्पनीको घटेको छ । यस्तै, १२ कम्पनीको सेयर मूल्य भने स्थिर भएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  १५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC