site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
भारतको आर्थिक सहयोगमा काभ्रेमा दुई विद्यालयको निर्माणकार्य सुरु
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा काभ्रेमा दुई विद्यालयको निर्माणकार्य सुरु भएको छ ।

काभ्रेको रोशी गाउँपालिकास्थित हरिसिद्धि माध्यमिक विद्यालय र महाभारत गाउँपालिकास्थित सिद्धेश्वर माध्यमिक विद्यालयको पुनर्निर्माणका लागि भूमि पूजा गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलाल, भारतीय राजदूतावासको राजनीतिक प्रभागकी प्रथम सचिव सौम्या सी र रोशी गाउँपालिकाका मेयरको उपस्थितिमा भूमि पूजा सम्पन्न भएको दूतावासले जनाएको छ ।

दुई करोड ८४ लाख रूपैयाँको लागतमा हरिसिद्घि माध्यमिक विद्यालयको निर्माण हुनेछ भने सिद्धेश्वर माध्यमिक विद्यालयको निर्माण लागत तीन करोड ९६ लाख रुपैयाँ रहेको जनाइएको छ ।

Global Ime bank

हरिसिद्धि माध्यमिक विद्यालयको तीनतले नयाँ संरचनामा ९ वटा कक्षाकोठा, प्रयोगशाला, पुस्तकालय र विद्यार्थीहरुका लागि छुट्टा–छुट्टै सरसफाइ संरचनाको सुविधा हुनेछ । त्यस्तै, सिद्धेश्वर माध्यमिक विद्यालयको तीनतले नयाँ संरचनामा १३ वटा कक्षाकोठा, लेखा, प्रधानाध्यापक र अध्यापकका लागि कक्ष, परीक्षा कक्ष, प्रारम्भिक बालविकास कक्ष, प्रशासनिक कक्ष, विद्यालय व्यवस्थापन समिति कक्ष र छात्र तथा छात्राका लागि छुट्टा–छुट्टै सरसफाइ संरचनाको सुविधा हुने जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  १३:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC