site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आहा–रारा गोल्डकपको आधिकारिक फुड डेलिभर पार्टर फुडमाण्डु
Ghorahi CementGhorahi Cement

काठमाडौं । फुड डेलिभरी कम्पनी फुडमाण्डु आहा–रारा गोल्डकपको आधिकारिक फुड डेलिभरी पार्टनर भएको छ ।

पोखरामा वार्षिक रुपमा आयोजना हुने आहा–रारा गोल्डकपमा फुडमाण्डुले रंगशालाभित्रै आफ्ना ग्राहकलाई खानाको अर्डरअनुसार फुड डेलिभरी गर्नेछ ।

Agni Group

फुडमाण्डु हाल पोखराका ५० भन्दा बढी रेस्टुरेन्ट तथा होटेलहरुसँग सहकार्य गरिरहेको कम्पनीले जनाएको छ । यस पार्टनरसिपको उद्देश्य फुटबलप्रेमीहरुलाई खेल अवधिभर उनीहरुको मनोरञ्जनमा मनपर्ने खानेकुराहरुका साथमा स्टेडियममा नै सेवा उपलब्ध गराउनु रहेको जनाइएको छ ।

“हामीले नेपालमै पहिलोपटक खानेकुराहरु रेस्टुरेन्टबाट सिधै स्टेडियममा उपलब्ध गराउँदैछौँ । यसले फुटबल गेम हेर्न जाने दर्शकहरुलाई समेत सजिलो हुनेछ भने गेम र खानेकुराको संयोजनले थप मनोरञ्जनसमेत गराउनेछ,” फुडमाण्डुका ब्रान्ड सेल्स एन्ड मार्केटिङ प्रमुख श्यामरत्न मालीले भने ।

Global Ime bank

यसको लागि कम्पनीले गेम हेर्न जाने दर्शकहरुको रुचिअनुसारको फुड आइटमहरु आफ्नो प्लेटफर्ममार्फत उपलब्ध गराउने उनले बताए ।

यसको लागि कम्पनीले आहा–रारा गोल्डकप प्रतियोगिताको लागि स्टेडियमको अग्रस्थानमा आहा फुड पिकअप स्टेसन स्टल राख्नेछ । सोही स्टलबाट ग्राहकहरुले अर्डर लिन वा फुडमाण्डुको बारेमा थप जानकारी हासिल गर्न सक्नेछन् ।

यही अवसर पारेर फुडमाण्डुले आफ्नो एप पहिलोपटक डाउनलोड गरेर चलाउने ग्राहकहरुलाई अर्डरमा अधिकतम ५०० रुपैयाँसम्म वा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  १३:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC