काठमाडौं । साविकको विजेता टोली युभेन्ट्स इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्स बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा स्टार खेलाडी रोनाल्डोको गोलमा युभेन्ट्स हारबाट जोगिएको हो । युभेन्ट्सले टोरिनोसँग २–२ गोलको बराबरी खेलेको छ ।
खेलको १३ औं मिनेटमा फेड्रिको चिसाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । २७ औं मिनेटमा एन्टोनियो सनाब्रियाले टोरिनोका लागि बराबरी गोल फर्काए ।
४६ औं मिनेटमा सनाब्रियाले व्यक्तिगत गोल गर्दै टोरिनोलाई २–१ को अग्रता दिलाए । ७९ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई हारबाट जोगायो ।
बराबरीसँगै युभेन्ट्सले २८ खेलमा ५६ अंक जोडेको छ । युभेन्ट्स चौंथो स्थानमा छ । यता टोरिनो २४ अंक जोडेर १७ औं स्थानमा छ ।