


ललितपुर । गोदावरी साहित्य परिषद्ले स्रष्टा सम्मान गरेको छ । कार्यक्रममा साहित्यको क्षेत्रमा लामो समयदेखि योगदान पुर्याएका गोदावरी भाषा साहित्य सम्मानबाट विष्णुप्रसाद न्यौपानेलाई मरणोपरान्त ११ हजार १०१ रुपैयाँ बराबरको धनराशीबाट सम्मान गरिएको छ । लामो समय कलाको तर्फबाट योगदान पुर्याए बापत कलाकार सुरेम देशारलाई ११ हजार १११ रुपैँयाले सम्मान गरिएको हो ।
आवरण चित्र सम्मानबाट कलाकार अनिल मर्हजन सम्मानित भएका छन् । कार्यक्रममा देवी नेपाललाई लामो समयदेखि भूमिका लेखनमा पुर्याएकोे योगदान स्वरुप १० हजार रुपैयाँले सम्मान गरिएको छ । पुस्तक साजसज्जाका लागि भूषण कपाली सम्मानित भएका हुन् ।
कार्यक्रममा परिषदले प्रकाशन गरेको चारवटा पुस्तकसमेत विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगत उपाध्यायको बाहुलीबाट सर्जक वशिष्ठ अधिकारीको गजल संग्रह ‘मदानी’, सावित्री न्यौपानेको ‘उन्यूको फूल’ मुक्तक संग्रह, रत्न विरही घिमिरेको ‘समयको रुमाल’ छन्द कविता संग्रह विमोचन गरियो ।
गोदावरी साहित्य परिषद्को विभिन्न गतिविधि समेटिएको मुखपत्र ‘गोदावरी’ समेत सार्वजनिक गरिएको छ ।
२०७५ सालमा ललितपुरका सष्टाहरुलाई सम्मान गर्ने उद्देश्यले गठित परिष्दले यसअघि पनि साहित्यको क्षेत्रमा योगदान पुर्याउने विभिन्न सर्जकहरुलाई सम्मान गरेको थियो ।
कार्यक्रममा गोदावरी नगरपालीकाका कलाकार सुरेम देसार, अर्जुन (नन्द बहादुर) देसार, दिल कुमार देसार, अनिल महर्जन, राजेन्द्र देसार, सुष्टि मर्हजनलगायत कलाकारको चित्रकला प्रर्दशन गरिएको थियो ।
फाइल तस्विर






