site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
रवि प्राञ्जलका गजलहरू (भिडियोसहित)
Sarbottam CementSarbottam Cement


कुन साइतैमा हिँडेंँ यो बाटो 
न जल्छ सूर्य, न हुन्छ रातो 

फाटेन बादल सुदूरमाथि
छियाछिया यो मनै पो फाट्यो 

त्यो जून देख्यौ त्यो फूल देख्यौ 
देखेनौ प्रिये ! रगतको टाटो 

Prabhu Bank
Agni Group
NIC Asia

बुझ्दैनौ साथी गजलको भाषा 
लेख्छु रगतले मसीको साटो  

हिजो म जस्को थिएँ प्रवक्ता 
भन्दै छ उही मलाई लाटो ।

Global Ime bank

० ०  ०

आकाश छोडी भासमा छ 
‘रवि’ आज त्रासमा छ ।
 
जोकरहरू महलमा छन्,
‘बादशाह’ तासमा छ ।
 
मुटुबाट झिक्यो उसले,
ऊ त मेरै सासमा छ ।
 
डस्बिन हेर्नू, रछ्यान हेर्नू,
इमान त्यतै ह्रासमा छ ।
 
हिजो यतै थियो खुसी,
कठै ! आज प्रवासमा छ ।

० ० ०

हाँसी–हाँसी फुल्छ गुराँस, सधैँ भिरमाथि !
कसले गर्छ चिन्ता यहाँ फूलको पीरमाथि ।

सधैँ वल्लो किनारमा ध्यान रह्यो तिम्रो,
उसको ध्यान रह्यो सधैँ पल्लो तीरमाथि ।

धनमाथि पागल कोही, कोही यौवनमाथि,
हीर पागल राँझामाथि, राँझा हीरमाथि ।

बत्तीमाथि पुतलीको दाह बिर्सेँ मैले,
माछाजस्तै चञ्चले मन पर्यो झीरमाथि ।

यै छ काफी संसारमा मलाई चिनाउन,
राखेको छु सगरमाथा मैले शिरमाथि ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २१, २०७७  ०७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC