site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दाङ बस दुर्घटनामा दुईको मृत्यु, २८ जना घाइते (नामावली)
Sarbottam CementSarbottam Cement

दाङ । दाङमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । घोराही–लमही सडकखण्डअन्तर्गत मुसोटमा भएको दुर्घटनामा लमही नगरपालिका निवासी २९ वर्षीय अतिराम चौधरी र रुपन्देहीको सैनामैना नगरपालिका निवासी २८ वर्षीय यादव खनालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घोराहीबाट लमहीतर्फ जादै गरेको लु१ख ९८६३ नम्बरको यात्रीवाहक बस शुक्रबार बेलुका ५ बजेतिर घोराही–मसोटको ओरालोमा दुर्घटना भएको थियो । बसले कारलाई ठक्कर दिएर अनियन्त्रित हुँदा दुर्घटनामा परेको हो । दुर्घटनामा २८ यात्री घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

ओरालोमा बसको ब्रेकफेल हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए । घाइतेमध्ये केहीलाई बुटवल रिफर गरिएको छ । अरुको घोराहीस्थित राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान र लमही अस्पतालमा उपचार भइरहेको जनाइएको छ । दुर्घटनापछि बसका चालक फरार छन् ।

घाइतेहरु
दुर्घटनामा लमही नगरपालिका–१ निवासी ४६ वर्षीय बेलपति चौधरी, ७० वर्षीया लिलावती चौधरी, ४० वर्षीया आशा चौधरी, लमही नगरपालिका–२ निवासी ५४ वर्षीया सीता चौधरी, ५५ वर्षीय फुजुवा चौधरी र उनकी छोरी १६ वर्षीया बबी चौधरी, ३० वर्षीय श्यामकुमारी चौधरी, लमही नगरपालिका–५ निवासी १८ वर्षीया अनुजा चौधरी, लमही नगरपालिका–६ निवासी ६३ वर्षीय यमराज नेपाली घाइते भएका छन् ।

Global Ime bank

त्यसैगरी, लमही–६ निवासी ३९ वर्षीया निर्मला नेपाली, ३२ वर्षीया सुनीता नेपाली, ६१ वर्षीय जंगबहादुर घर्ती, २७ वर्षीया दिलु चौधरी, लमही नगरपालिका–७ निवासी ३८ वर्षीया चन्द्रकली चौधरी, लमही नगरपालिका–९ निवासी ३२ वर्षीय कमल चौधरी घाइते भएका छन् ।

राप्ती गाउँपालिका–१ निवासी २८ वर्षीया दिलकुमारी चौधरी, राजपुर गाउँपालिका–१ निवासी २७ वर्षीया सावित्री वली, दुई वर्षीया रोशी वली, राजपुर गाउँपालिका–४ निवासी ४० वर्षीया फूलमाया घर्ती, रोल्पा परिवर्तन गाउँपालिका–१ निवासी ५१ वर्षीय तेजप्रसाद घर्ती, ५४ वर्षीया लालमाया घर्ती, घोराही उपमहानगरपालिका–१५ निवासी १८ वर्षीया अञ्जना चौधरी, २० वर्षीया आरती कुँवर, २० वर्षीया शीतल कुँवर, मोरङ घर भएका ३६ वर्षीय खड्कबहादुर श्रेष्ठ, घोराही उपमहानगरपालिका–२ निवासी ३२ वर्षीया सुशीला पोखरेल, १२ वर्षीय सिम्बोल सुवेदी र घोराही उपमहानगरपालिका–७ निवासी ४५ वर्षीय श्यामकुमारी चौधरी दुर्घटनामा परी घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  २२:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC