खेल
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले टिममा खेलाडी राख्ने प्रक्रियालाई परिवर्तन गरेको छ ।
आईसीसीले आफ्ना ठूला प्रतियोगितामा अब हरेक टिमले २२ खेलाडी राख्न पाउने व्यवस्था ल्याएको हो । आईसीसीको बोर्ड बैठकले आउने ठूला प्रतियोगितामा एक टिमले २२ खेलाडी राख्न पाउने निर्णय गरेको हो ।
आईसीसीले टिममा थप ७ खेलाडी राख्न दिने निर्णय गरेको हो । यसअघि, एक टिममा १५ खेलाडी मात्र राख्न पाइने नियम रहेको थियो । आईसीसीले गत वर्ष २३ सदस्यीय टिमलाई अनुमति दिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७ १७:३०
प्रतिक्रिया दिनुहोस्