अर्थ व्यवसाय
काठमाडौं । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खुला प्रतिस्पर्धाबाट हुमागाईलाई अध्यक्षमा नियुक्त गरेको हो ।
अध्यक्षको कार्यकाल चार वर्षको हुनेछ । नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धक रहेका हुमागाई हाल इमेज गु्रप अफ कम्पनीको प्रमुख कार्यकारी अधिकृत छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७ १५:५८
प्रतिक्रिया दिनुहोस्