site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अरुण भ्याली हाइड्रोपावरको हकप्रद वैशाख ६ बाट खुल्ने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आउँदो वैशाख ६ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले  प्रतिसेयर १०० रुपैयाँको दरले  ५२ करोड ४१ लाख १९ हजार ७०० रुपैयाँ बराबरको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको गर्ने लागेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत अथात् १०० कित्ता सेयर बराबर ५० कित्ता हकप्रद सेयर जारी गर्ने अनुमति पाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

कम्पनीको हकप्रद चैत ८ गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । हकप्रद सेयर निष्कासनका लागि कम्पनीले चैत ९ गते सेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गरेको थियो । कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ ।

कम्पनी हकप्रद निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

Global Ime bank

उक्त हकप्रदमा मुक्तिनाथ क्यापिटल, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको कार्यलय मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालय साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । हकप्रदमा आवेदन दिने अवधि वैशाख २६ गतेसम्म रहेको छ ।

हाल  कम्पनीको अधिकृत पुँजी २ अर्ब ५० करोड, जारी पुँजी १ अर्ब ८६ करोड ६० लाख २४ हजार ६०० र चुक्ता पुँजी १ अर्ब ४ करोड ८२ लाख ३९ हजार ४०० रुपैयाँ रहेको छ । हकप्रद सेयर बिक्रीपश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५७ करोड २३ लाख ५९ हजार १०० रुपैयाँ पुग्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  १५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC