site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड अर्को शुक्रबार 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन(आईपीओ) आउँदो शुक्रबार बाँडफाँड हुने भएको छ । 

आवेदकहरुको भेरिफाइ भइरहेकोले आउँदो मंगलबार प्रि अलोटमेन्ट गरेर शुक्रबार बाँडफाँड गर्ने बिक्री प्रबन्धक मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सविरवादे श्रेष्ठले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

कम्पनीको आईपीओमा १६ लाख २६ हजार ९०० आवेदकले २ करोड ४७ लाख ६७ हजार ८५० कित्ता सेयर माग गर्दै आवेदन दिएका छन् । कम्पनीले चैत ६ गतेदेखि प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका २९ लाख कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीको लागि सुरक्षित गरेर २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणबाट आवेदन माग गरेको हो ।

यसअघि, पहिलो चरणमा आयोजना प्रभावित दोलखाका स्थानीयलाई आईपीओ बिक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ बिक्री खुला गरेको हो ।

Global Ime bank

कम्पनीको बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट लिमिटेड रहेको छ । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको जनाउँछ ।

धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावलीअनुसार सबै आवेदकलाई १० कित्ता वा सोभन्दा बढी पर्ने भएमा १० ले भाग जाने गरी बराबर रुपमा बाँडफाँड गर्नुपर्ने हुन्छ । सबै आवेदकलाई १० कित्ता नपर्ने भएमा आवेदकमध्येबाट गोलाप्रथा गरी जतिलाई पुग्छ, १० कित्ताको दरले बाँडफाँड गर्नुपर्छ ।

सिंगटी हाइड्रोले सर्वसाधारणको लागि निष्कासन गरेको २६ लाख ९७ हजार कित्ता आईपीओ गोलाप्रथाबाट १० कित्ताको दरले भाग लगाउँदा २ लाख  ६९ हजार ७०० आवेदकले  सेयर पाउनेछन् । बाँकी रहेका साढे १३ लाखभन्दा बढीले भने सेयर पाउने छैनन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  १४:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC