site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सबैभन्दा बढी आयकर तिर्ने बैंकको सूचीमा नबिल बैंक, सरकारबाट पाँचौंपटक सम्मानित
Sarbottam CementSarbottam Cement

काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ मा बैंक तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा बढी कर्पाेरेट ट्याक्स तिर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मानपत्र हस्तान्तरण गरेको छ । बैंकले गत आर्थिक वर्षमा एक अर्ब ९० करोड कर रुपैयाँ सरकारलाई तिरेको थियो । 

विभागले गत मंसिरमा कर दिवसको अवसरमा बैंकहरूमध्ये सबैभन्दा बढी कर्पाेरेट ट्याक्स जम्मा गर्ने सुचीमा नबिल बैंकलाई राखेको थियो । मंसिरमा कोभिडको भय र तिहारको समय भएकाले औपचारिक कार्यक्रम भएको थिएन ।
पछिल्लो १० वर्षमा नबिल बैक उच्च कर भुक्तानी गर्नेमा यो पाँचौ पटक हो । समृद्ध मुलुक निर्माणका लागि बैंकले आफ्नो तर्फबाट सरकारलाई योगदान पुर्‍याएकोमा गर्व महसुस गरेको जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बैंकले व्यापार प्रर्वद्धन, रोजगारी सिर्जना र ट्याक्सको रूपमा राज्यको योगदानमा केन्द्रित रहेको जनाएको छ । “नबिल बैंक मुलुकको धेरै बैंकिङ गतिविधिहरूको लागि अग्रणी बैंक हो । बैंकको गतिविधिमार्फत अर्थव्यवस्थालाई उकास्ने मात्र गरेको छैन, जनताको जीवनयापन र उनीहरूको आर्थिक वृद्धिलाईसमेत व्यापप पहुँच पुर्‍याइरहेको छ” बैंकले भनेको छ ।  
नबिल बैंकले हालसम्म राज्यलाई १५ अर्ब ६ करोड रुपैयाँ कर बुझाएको छ । नेपालको निजी क्षेत्रको पहिलो बैंक नबिलले आफ्ना लगानीकर्तालाई हालसम्म १ हजार ८ सय ७५ प्रतिशत लाभांश वितरण गरिसकेको छ ।

बैंकिङ क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने बैंकको परिचय बनाएको बैंकले आफ्ना राज्य र लगानीकर्तालाई आर्थिक योगदान पुर्‍याउँदै आफ्नो व्यवसाय र सेवा तीव्र विस्तार गर्दै अगाडि बढिरहेको जनाएको छ ।  

Global Ime bank

बेलायतको प्रतिष्ठित पत्रिका यूरोमनीले लगातार दोस्रोपटक पनि नबिल बैंकलाई ‘नेपालको उत्कृष्ट बैंक’ द्वारा पुरस्कृत गरिसकेको छ । यस्तै, बैंकले हालै ‘ग्रोथ सेलर’मार्फत कर्मचारी अनुभवमा उत्कृष्ट अवार्ड पनि प्राप्त गरेको छ । 

बैंकको हाल ११९ शाखा,  १८५ एटिएम, १५०० भन्दा बढी नबिल रेमिट एजेन्ट रहेको छ । नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको सुरुवात अग्रणी बन्न सफल बैंकले नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दै आएको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  १४:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC