बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
ताइवानमा रेल दुर्घटना हुँदा कम्तीमा ३४ जनाको मृत्यु
बाह्रखरी - शुक्रबार, चैत २०, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

ताइपेई । ताइवानमा रेल दुर्घटना हुँदा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दर्जनौं घाइते भएका छन् । ३५० यात्रु बोकेर राजधानी ताइपेईबाट ताइटङ शहर जाँदै गरेको रेल सुरुङमार्गमा दुर्घटना भएको हो ।

रेल स्थानीय समयअनुसार शुक्रबार बिहान ९ बजे दुर्घटना भएको बीबीसीले जनाएको छ । बीबीसीकाअनुसार दुर्घटनाका कारण रेलका डिब्बाहरूमा ठूलो क्षति पुगेको छ भने ७२ जना सुरुङभित्रै थुनिएका छन् । उनीहरूको उद्धारकार्य जारी रहेको यहाँको सेन्ट्रल इमरजेन्सी अपरेसन सेन्टरले जनाएको छ ।

Agani Group

ताइवानका राष्ट्रपति साइ इङ्ग उनले एक विज्ञप्ती जारी गर्दै फसेकाहरुको उद्धार कार्यलाई उच्च प्राथमिकता दिइएको बताएका छन् ।

स्थानीय सञ्चारमाध्यमकाअनुसार मर्मतका लागि राखिएको एउटा सवारी खस्दा रेल लिकबाट बाहिर निस्केकाले दुर्घटना भएको हो । रेलमा रहेका अधिकांश यात्रुहरु ‘टम्ब स्विपिङ’ पर्व मनाउन आएका पर्यटक रहेको अनुमान गरिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शुक्रबार, चैत २०, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्