site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्से दोहोरो अंकले बढ्दा ऐतिहासिक उचाइनजिक
Sarbottam CementSarbottam Cement

काठमाडौं  ।  सातको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार बढेर बन्द भएको छ । बुधबार २६१९.०३ अंकमा बन्द भएको नेप्से आज १२.८८ अंकले वृद्धि भएर २६३१.९० अंकमा बन्द भएको छ । नेप्सेसँगै कारोबार रकममा पनि बढोत्तरी भएको छ ।

आज नेप्सेमा ७ अर्ब २५ करोडको ९ लाख २४ हजारको कारोबार हुँदा १ करोड ४३ लाख ९० हजार ४७७ कित्ता सेयर किनबेच भएको छ । बुधबार बजारमा ६ अर्ब १६ करोडको कारोबार भएको थियो ।

बिहीबार नेप्सेले कायम गरेको तेस्रो उच्च विन्दु हो । यसअघि, गएको फागुन ९ गते नेप्से २४०.३५ अंकको ऐतिहासिक उचाइमा पुगेको थियो भने फागुन ६ गते २६३६.६८ अंक रहेको थियो । फागुन ९ गते ऐतिहासिक उचाइमा पुगेर घट्न लागेको नेप्से चैत २ गते २३८९.१९ अंकसम्म झरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

बिहीबार प्रि ओपन सेसनमा नै साढे २६ अंकले वृद्धि भएर २६४५.५ अंकमा खुले पनि इन्ट्रा डे कारोबारमा सोही विन्दुलाई उच्च विन्दु कायम गर्दा २६१५.२६ अंकको तल्लो विन्दु कायम गरेको छ ।

होटेल तथा पर्यटन, लघुवित्त, जीवन बिमा, म्युचुअल फन्ड र लगानी उपसूचकबाहेक सबैमा हरियाली छाउँदा अन्य उपसूचक ३.३५ प्रतिशतले बढेर बजारलाई लिड गरेको छ । यस्तै, विकास बैंक उपसूचक १.७७ प्रतिशत र बित्त कम्पनी उपसूचक  १.७० प्रतिशत, व्यापार उपसूचक १.५५ प्रतिशतले वृद्धि हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.२५ प्रतिशतले बढेको छ ।

Global Ime bank

यता, होटेल तथा पर्यटन उपसूचक भने सर्वाधिक १.८८ प्रतिशत र लगानी उपसूचक १.१८ प्रतिशतले घटेको छ । बजार परिसूचकसँगै बिहिबार कारोबार रकम पनि बढेको छ ।

आज नेप्सेमा कारोबार रकममा अपर तामोकोसीले लिड गरेको छ । अपर तामाकोसीको ३० करोड २२ लाख ७३ हजारको कारोबार हुँदा, जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआइडीसीएल)को २४ करोड ४० लाख ३३ हजार र अपी पावरको २४ करोडको कारोबार भएको छ ।

बिहीबार नेप्सेमा कारोबार भएका ७ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयर मूल्यमा सकारात्मक सर्किट लाग्ने कम्पनीमा सान्जेन जलविद्युत् कम्पनी,  युनाइटेड फाइनान्स, किसान लघुवित्त, वोमी लघुवित्त, एनआईसी एशिया लघुवित्त, अजोड इन्स्योरेन्स र युनाइटेड फाइनान्स रहेका छन् ।

यता, सेयर मूल्य घट्नेमा भने एचआईडीसीएल अगाडि छ । कम्पनीको सेयर मूल्य ५.५३ प्रतिशतले घट्दा सानिमा जनरल इन्स्योरेन्सको ३.९९ प्रतिशत र चन्द्रागिरि हिल्सको ३.३ प्रतिशतले मूल्य घटेको छ । आज कारोबार भएको सूचीकृत कम्पनीमा ९७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६७ कम्पनीको घटेको छ र १६ कम्पनीको मूल्य भने स्थिर छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  १५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC