site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपाली आकाशमा पनि इन्टरनेटको सुविधा दिइँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली आकाशमा उडान गर्दा अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको यही चैत ९ गतेको सञ्चालक समितिको बैठकले नेपाली आकाशमा इन्टरनेट सुविधा प्रयोग गर्न दिने निर्णय गरेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । प्राधिकरणले नागरिक उडड्यन प्राधिकरणसँगको समन्वयमा यो सेवा प्रयोग गर्न अनुमति दिन लागेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

अब यो सेवा प्राप्त गर्न विदेशी विमान कम्पनीले दूरसञ्चार प्राधिकरणमा निवेदन दिनुपर्ने पौडेलले बताए । “उनीहरुले निवेदन दिनुपर्छ र सर्त पूरा भएको अवस्थामा दूरसञ्चार सेवा प्राप्त गर्न सक्नेछन्,” उनले भने । यो सुविधापछि नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय विमान कम्पनीमा यात्र गर्ने यात्रुले इन्टरनेट तथा मोबाइल फोन प्रयोग गर्न पाउनेछन् ।

प्राधिकरणले विमान कम्पनीले माग गरेमा १० हजार फिट उचाइमा उक्त सेवा प्रयोगको अनुमति दिन सक्ने निर्णय भएको पौडेलले बताए । प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आईकाओ)बाट अनुमतिप्राप्त एयरलाइन्सले यो सुविधा पाउनेछन् ।

Global Ime bank

यसअघि, दक्षिण एसियाका भारत र अफगानिस्ताले यस्तो सुविधा दिँदै आएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  १५:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC