site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सुनभन्दा ‘जलप’ महङ्गो, थोरै व्यवसायीले मात्रै बनाउछन् 
Ghorahi CementGhorahi Cement

काठमाडौं । सुनको ‘जलप’ अर्थात् ‘गोल्डेन पेन्ट्स’ सुनभन्दा महङ्गो हुन्छ । सुनको ढिक्काबाटै बनाइने जलप तोलाको एक लाख भन्दा बढी पर्ने व्यवसायी बताउँछन् । विशेषगरी मूर्ती, थान्का, किताबमा सुनको जलप प्रयोग हुने गरेको व्यवसायी दीर्घ शाक्यले बताए । “सुनको ट्यावलेट पगालेर जलप बनाइन्छ । यो सुनभन्दा महङ्गो हुन्छ । नेपाली बजारमा तोलाको एकलाख भन्दा बढी रुपैयाँमा बिक्री भइरहेको छ,” उनले भने । 

उनका अनुसार मूर्ती, थान्का, किताबमा सुनको जलप प्रयोग गर्ने गरिन्छ । “विभिन्न मूर्तीमा सुनको जलप नै लेपन गर्ने गरिन्छ । महङ्गा थान्का र किताबमा पनि यसको प्रयोग हुन्छ,” उनले भने ।

Agni Group

जलप बनाउन सुनको धुलो प्रयोग हुने र अन्य केमिकल पनि प्रयोग गर्नुपर्ने भएकाले ‘जलप’ सुन भन्दा महङ्गो पर्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए । 

उनका अनुसार सुनको जलप बनाउन धेरै कम मात्र व्यवसायीले जानेका छन् । “जलप कसरी बनाइन्छ भन्ने कुरा जुन परिवारले जलप बनाउँदै आएका छन्, त्यही परिवारलाई मात्रै थाहाँ हुन्छ । त्यस्तो परिवारको संख्या धेरै पनि छैन,” उनले भने ।

Global Ime bank

उनले नेपाली बजारमा जलपको माग कति छ भन्ने स्पष्ट नभएको पनि बताए । “यसको कारोबार भइरहेको छ तर कति माग हुन्छ भन्ने स्पष्ट रुपमा आएको छैन,” उनले भने । उनका अनुुसार गोल्डेन पेन्ट्स बनाउन सुनको धुलो निर्यात समेत हुने गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  १५:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC