






काठमाडौं । लेखक, चिन्तक एवम् राजनीतिक विश्लेषक सौरभको असमति शृङ्खलाको तेश्रो पुस्तक ‘असहमति–३’ चैत अन्तिम साता सार्वजनिक हुने भएको छ । बुक–हिल पब्लिकेसनले बिहीबार एक प्रेस नोट सार्वजनिक गर्दै भनेको छ, “इतिहास निर्माणका क्रममा गरिएका अपव्याख्या, नेपाली भूगोल, धर्म, भाषा, संस्कृति, सम्पदा, संस्कार, सभ्यता र जीवनशैलीप्रति बोलिएका धावाहरूको जवाफ दिने प्रयत्न सौरभले पुस्तकमा गरेका छन् !”
“कुनै पनि देशको अनुहार छिमेकीको जस्तो हुनुहुँदैन । उत्तरी र दक्षिणी मिलेर बेइमानीका लागि यही देशलाई तगारो बनाउने किन ? जो जति भौगोलिक विभाजनका कुरा गर्छ, इतिहासलाई गाली गर्छ, उति उसको पुर्खाले यो देशलाई कुनै योगदान दिएको रहेनछ भनेर म बुझ्ने गर्छु । पुस्तकमा मेरा यस्ता राजनीतिक विमतिहरू धेरै छन्,” पुस्तकबारे सौरभ भन्छन् ।
६ खण्डमा विभाजित पुस्तकमा ३३ वटा विचारोत्तेजक लेख समावेश छन् । विषयको विविधतामा यथेष्ट सूचना र सन्दर्भसहित गरिएका व्याख्या तथा विश्लेषणले सामाजिक–राजनीतिक डिस्कोर्सप्रति विमति जनाएका छन् ।
३०० पृष्ठको पुस्तकको बजार मूल्य मोटो गाता ७ सय र पातलो गाता ५ सय रुपैयाँ छ ।





