site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
स्मार्टफोन कम्पनी शिआओमीले विद्युतीय सवारीमा १० अर्ब डलर लगानी गर्ने 
Ghorahi CementGhorahi Cement

बीबीसी । चिनियाँ फोन निर्माता कम्पनी शिआओमीले पनि विद्युतीय सवारीमा आगामी एक दशकसम्म १० अर्ब डलर लगानी गर्ने बताएको छ । मंगलबार कम्पनीले आफूहरुको लक्ष्य भनेकै गुणस्तरीय स्मार्ट विद्युतीय सवारी प्रदान गर्नु रहेको दाबी गरेको हो । 

शिआओमी विश्वको तेस्रो ठूलो स्मार्टफोन विक्रेता हो । एप्पल र सामसुङपछिको यो सबैभन्दा प्रमुख फोन कम्पनी मानिन्छ ।

Agni Group

यस्तोमा पछिल्लो समय अधिक प्रतिस्पर्धामय बनेको विद्युतीय कार बजारमा शिअओमी पनि भिड्न लागेको हो । यो दौडमा प्राविधिक कम्पनी एप्पल र हुवावेले पनि प्रवेश गरिसकेका छन् । 

शिआओमीले सुरुवाती १.५ अर्ब डलरमा यो नयाँ व्यवसायिक यात्रा तय गर्ने कम्पनीका प्रमुख कार्यकारी लि जुनले बताए । उनले भने, “हाम्रा सबै पार्टनरहरुमा अनेकौँ हिचकिचाहट र ढिलाइपछि मात्र यो अन्तिम निर्णय लिइएको थियो । ” कम्पनीको बयानमा यसले बजेट मोडलहरु उत्पादन गर्छ या बजारलाई लक्षित गरि निर्माण गर्नेछ भन्ने चाहिँ स्पष्ट पारेको छैन । विद्युतीय गाडीको अग्रणी बजारमा सम्मिलित हुन अहिले थुप्रै चिनियाँ कम्पनीहरु अघि सरिरहेका छन् । 

Global Ime bank

चीनमा योजनागत् या हाल स्थापित मोडलहरुको रेन्ज सानो ‘हङ गुआङ मिनी इलेक्ट्रोनिक भेइकल’, मूल्य ४,५०० डलरदेखि नयाँ ‘हाइ–एन्ड इलेक्ट्रिक जिकर’ सम्म रहेको छ जुन चीनका सबैभन्दा ठूलो कार निर्माता कम्पनी जिलीको स्वामित्वमा रहेको छ । टेस्लाले पनि अहिले नै सांघाइ उद्योग मार्फत चीनलाई ‘मोडल वाइ’ डेलिभर गरिरहेको छ । यता फोर्डले मुस्ताङको विद्युतीय भर्जन निर्माण गर्ने योजना बनाइरहेको छ । 

यसबाहेक अन्य चिनियाँ प्राविधिक कम्पनीहरुले पनि नयाँ ड्राइभिङ प्रविधियुक्त विद्युतीय कार उत्पादन गर्ने या हालका कम्पनीहरुसँग सहकार्य गर्न चाहेको संकेत दिइसकेका छन् ।

यता चीनको सर्च इन्जिन बैडुले गत जनवरीमा विद्युतीय कार व्यवसाय लन्च गर्ने घोषणा गरेको थियो । चीनको इ–कमर्स जायन्ट अलिबाबाले पनि अटोमेकसँग पार्टनर गरि विद्युतीय सवारीको डिजाइनहरु निर्माण गर्न सहकार्य गर्ने जनाइसकेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  ०७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC