अर्थ व्यवसाय
काठमाडौं । नेप्सेको अनलाइन कारोबार व्यवस्थापन प्रणली (टीएमएस)मा देखिएको समस्या समाधान भएर कारोकार सुचारु भएसँगै नेप्सेले बुधबारको लागि नियमित कारोबार समय पनि थप गरेको छ ।
सेयर बजारमा नियमित कारोबार समय बिहान ११ देखि दिउँसो ३ बजेसम्म भए पनि बुभबार भने अपराह्न ४ बजेसम्म सेयर कारोबार गर्न सकिने नेप्सेले जनाएको छ ।
करिब १२ बजेदेखि टीएमएसमा देखिएको समस्याका कारण एक घण्टाभन्दा बढी समय सेयर कारोबार रोकिएको थियो । सोही कारण नेप्सेले कारोबार समय एक घण्टा थप गर्दै बुधबार ४ बजसेम्म सेयर कारोबार गर्न सकिने जनाएको छ ।
प्रकाशित मिति: बुधबार, चैत १८, २०७७ १४:२५
प्रतिक्रिया दिनुहोस्