site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
विद्युत प्राधिकरणले ५० वटा चार्जिङ स्टेसन बनाउँदै, चिनियाँ कम्पनीलाई ठेक्का
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ५० वटा चार्जिङ स्टेसन बनाउन चिनियाँ कम्पनी जियाङसु जोङदोङ न्यू इनर्जीलाई ठेक्का दिएको छ । 

ठेक्का प्रक्रियामा सहभागी १३ वटा कम्पनीमध्ये प्राविधिक र आर्थिक प्रस्तावको आधारमा जियाङसु छानिएको प्राधिकरणले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्राधिकरणका प्रवक्ता मदन तिमल्सिनाले ठेक्का सम्झौताको लागि कम्पनीलाई पत्राचार गरिएको बताए । उनका अनुसार ठेक्का सम्झौता भएपछि एक वर्षभित्र कम्पनीले ५० वटा चार्जिङ स्टेसन बनाउनुपर्नेछ ।

५० वटा चार्जिङ स्टेसन काठमाडौं उपत्यका र महेन्द्र राजमार्गमा राखिने उनले बताए । 

Global Ime bank

“अहिले नै ठाउँ तोकिएको छैन । महेन्द्र राजमार्गसहित काठमाडौं उपत्यकामा राखिनेछ,” उनले भने ।

करिब ३५ करोड लागतमा चार्जिङ स्टेसन राख्न लागिएको उनले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  १४:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC