काठमाडौं । विश्व बैंकले दक्षिण एसियाली अर्थतन्त्रमा ‘बाउन्स ब्याक’को सम्भावना देखिएको जनाएको छ । तर, त्यसका लागि छिटो र न्यायसंगत खोप आवश्यक पर्ने छ ।
सन् २०२१ मा ७.२ प्रतिशत र सन् २०२२ मा ४.४ प्रतिशतले वृद्धि हुने देखिएपछि दक्षिण एसियामा आर्थिक सुधारको सम्भावनाहरू देखा परेको बैंकले जनाएको छ । सन् २०२० मा यस क्षेत्रको आर्थिक वृद्धि ऐतिहासिक रुपमा कम थियो ।
“आगामी वर्ष यो क्षेत्रको आर्थिक वृद्धिमा सुधार देखिनेछ र यस क्षेत्रलाई पुनःस्थापनाको मार्गमा ल्याउनेछ,” विश्व बैंकको प्रतिवेदनमा भनिएको छ । तर, विकास असमान र आर्थिक गतिविधि कोडिभ–१९ अगाडिको अनुमानभन्दा तल रहेको पनि जनाइएको छ । कोभिडका कारण धेरै व्यवसाय पलायन भएको, राजस्व गुमेको र लाखौँ कामदारले काम गर्न आवश्यक रहेको पनि जनाइएको छ ।
विश्व बैंकले अझै रोजगारी प्रभावित हुने, आम्दानी घट्ने र असमानता बढ्दै जाने पनि जनाएको छ । आज जारी गरिएको पछिल्लो दक्षिण एसिया आर्थिक फोकस दक्षिण एसिया भ्याकेनेट्समा यो क्षेत्र २०२२ सम्ममा आफ्नो ऐतिहासिक विकास दर पुनः प्राप्त गर्न लागेको उल्लेख गरिएको छ ।
विद्युत् खपत र गतिशीलता डाटा आर्थिक गतिविधि स्पष्ट संकेत रहेको बैंकले जनाएको छ । यस क्षेत्रको अर्थतन्त्रको ठूलो हिस्सा रहेको भारतको आर्थिक वर्ष २०२१–२२ मा आर्थिक वृद्धि १० प्रतिशतभन्दा बढी हुने अनुमान गरिएको छ । जुन जनवरी २०२१ को पूर्वानुमानबाट ४.७ प्रतिशत विन्दुको संशोधन हो ।
नेपालसहित बंगलादेश, र पाकिस्तानको आर्थिक वृद्धि अनुमान पनि संशोधन गरिएको छ । आर्थिक वर्ष २०२१–२२ मा नेपालको जीडीपी २.७ प्रतिशतले वृद्धि हुने र २०२३ मा ५.१ प्रतिशत हुने अनुमान विश्व बैंकको छ ।