site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सीमामा इन्स्पेक्टर बस्ने सशस्त्रका ७४ बीओपीसँग मोटरसाइकलसमेत छैन
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपालको सीमा सुरक्षाको मुख्य जिम्मेवारी सशस्त्र प्रहरी बललाई दिइए पनि स्रोत–साधनको भने अभाव छ । सरकारले बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गर्ने तर स्रोत–साधन उपलब्ध गराउन नसक्दा सीमा सुरक्षामा समेत प्रभाव पर्दै आएको छ ।

सरकारले सीमा क्षेत्रमा ५०० बीओपी बनाउने योजना अघि सारेको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार हालसम्म २१८ बीओपी स्थापना भएका छन् । चीनसँग जोडिएका नाकामा सात र अन्य बीओपी भारतसँग जोडिएका सीमामा छन् ।

बीओपीको कमान्ड सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)ले गर्दै आएका छन् । एक बीओपीमा ३५ देखि ५० जनासम्मको जनशक्ति हुन्छ । केही स्थानमा ७० जनासम्म पनि छन् ।

Agni Group

७४ बीओपीमा चारपांग्रे सवारी त परको कुरा मोटरसाइकलसमेत छैन । जसले गस्तीलगायत आपत्कालीन समस्या आइपरे सशस्त्रलाई काम गर्न कठिनाइ हुने गरेको छ । भारतीय सुरक्षा बल भने स्रोत–साधनले
भरिपूर्ण छ ।

सीमामा खटिएका सशस्त्र प्रहरीका अधिकारीहरु भन्छन्, “मोटरसाइकलसम्म नहुँदा कतिपय सूचना पाउँदा पनि हामी समयमा पुग्न सक्दैनौँ । एक बीओपीमा कम्तीमा एक गाडी र पाँच÷छसम्म मोटरसाइकल हुनुपर्ने हो । सीमा सुरक्षामा सरकार गम्भीर हुन जरुरी छ । यसका लागि पर्याप्त स्रोत–साधन चाहिन्छ ।”

Global Ime bank

कतिपय स्थानमा तस्करहरुले मोटरसाइकलमा गएका सशस्त्र प्रहरीका कर्मचारीमाथि आक्रमणको प्रयास पनि गरेको पाइएको छ । मोटरसाइकलमा दुईजना मात्रै हुने र तस्कर वा अपराधीको ठूलो समूह भए उल्टै प्रहरी असुरक्षित हुने खतरा रहेको सशस्त्रका अधिकारीहरु बताउँछन् ।

२४ बीओपीसँग मोटरसाइकल छ । १२० बीओपीसँग विभिन्न सवारी–साधन छ । ४० बीओपी सशस्त्रका आफ्नै भवनमा बसेका छन् भने बाँकी केही भाडामा, केही सरकारी भवनमा बसेका छन् । ६६ वटा बीओपी निर्माणका लागि टेन्डर भएको छ ।

चीनभन्दा पनि खुला सीमा भएका कारण भारतीय सीमा सुरक्षा चुनौतीपूर्ण मानिन्छ । भारतसँग नेपालको सिमाना एक हजार ८९० किलोमिटर जोडिएको छ । चीनसँग एक हजार ११४ किलोमिटर सीमा क्षेत्र जोडिएको छ । चीनतर्फ सीमित नाका भएको र भारतसँग दर्जनौँ नाकासँगै खुला क्षेत्र भएकाले जनशक्तिको उपस्थिति पनि बढाइएको हो ।

हाल सशस्त्र प्रहरीमा ३७ हजार ११६ जनाको दरबन्दी कायम छ । जसमा २५ सय बढी खाली छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  १२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC