अर्थ व्यवसाय
काठमाडौं । सनराइज बैंकले ताप्लेजुङ्गको फक्ताङलुङ गाउँपालिका वडा नं ६, लेलेपमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ७२ पुगेको बैंकले जनाएको छ ।
बैंकले फक्ताङलुङ गाउँपालिका वडा नं ६, लेलेप, ताप्लेजुङ्गमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको व्यवसाय प्रतिनिधिका रुपमा फुपु डोमा शेर्पालार्ई नियुक्त गरेको जनाएको छ ।
प्रकाशित मिति: बुधबार, चैत १८, २०७७ ११:४८
प्रतिक्रिया दिनुहोस्