site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
न्यायालयको बेथिति

शक्ति पृथकीकरणको सिद्धान्तको आधारमा राज्यका तीन अंग  कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले आआफ्नो काम गर्ने लोकतान्त्रिक शासन पद्धतिको आधारभूत मान्यता हाे । नेपालमा भने न्यायपालिकासमेत विवादमा फस्दै गएको छ । 

राजनीतिक दलका नेताले न्यायालयलाई पनि कार्यकर्ता भर्ती केन्द्र बनाएकाले अहिले विधि, पद्धति र संविधान प्रतिकूल अवस्था उत्पन्न भएको हो । न्यायिक क्षेत्रसँग सम्बन्धित कानुन, पद्धति दलीय संयन्त्रको तजबिजी अधिकाभित्र अलग्ग्याएर राखिएका छन् । सर्वोच्च अदालतले गरेको फैसला पटक पटक विवादमा मुछिएका छन् । 

सर्वोच्च अदालत र उच्च वा पुनरावेदन अदालतका न्यायाधीशको कार्यशैली एवं न्याय सम्पादन हेर्दा निष्पक्ष न्यायिक फैसलाकाे मापदण्ड कायम हुन नसकेको अनुभव हुन्छ । जिल्ला अदालतमा कार्यरत न्यायाधीशहरु तुलनात्मक रूपमा सक्षम, निष्पक्ष र योग्य भएको सेवाग्राहीले समेत बताउने गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

जिल्ला अदालतमा कार्यरत योग्य न्यायाधीशहरू भने लामो समयसम्म पनि जिल्लामै सीमित हुन पुग्छन् । उता सर्वोच्च र उच्च अदालतमा भने राजनीतिक आस्था र आग्रहका आधारमा नियुक्त गरिएकाहरूकाे वर्चस्व हुँदा प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको छ । दलगत भागबण्डाका आधारमा नियुक्ति पाएकाबाट शैली, ढंग र योग्यता स्थापित हुन सकेको छैन । तिनले गरेको कतिपय फैसलाबाट याे स्पष्ट हुन्छ । 

सर्वोच्च र उच्च अदालतमा पछिल्लोपटक नियुक्त गरिएका भन्दा जिल्ला अदालत कार्यरत न्यायाधीश सक्षम भएको धेरै न्यायिक फैसलाबाट पनि पुष्टि हुन्छ । यसकाे कारण जिल्ला अदालतमा निश्चित प्रक्रिया, परीक्षा र योग्यताको आधारमा याेग्य व्यक्ति न्यायाधीश भएर आएका हुन्छन् । तर, यसरी नियुक्त न्यायाधीशकाे जिल्ला अदालतभन्दा माथि पदोन्नति हुन नसक्ने निश्चितप्राय: हुन्छ । फलस्वरूप, योग्य जिल्ला न्यायाधीशहरू किंकर्तव्यविमूढ भएका छन् । 

Global Ime bank

न्याय सम्पादन गर्ने अदालत नै राजनीतिक दबाब र प्रभावबाट मुक्त हुन नसकेपछि दल निकटकै कार्यकर्ताको पक्ष र हितमा फैसला हुने अवस्था बढ्दै गएको छ । दलको नियोजित योजनाअनुसार निर्णय हुने प्रवत्तिले अदालत राजनीतिक दलको एउटा पक्षबाट प्रभावित भएर निर्णय गर्ने प्रवृत्ति देखिएको छ । यसभन्दा पहिले राजनीतिक हस्तक्षेपकाे दुष्प्रयास अदालत स्वयंले रोकेको उदाहरण पनि छन् । राजनीतिक परिवर्तन त भए तर अदालतबाट आफ्नो पक्षमा फैसला गराउन खाेज्ने प्रवृत्ति भने बढेर गएकाे छ । राजनीतिक दलका नेता र न्यायाधीशले एक अर्काकाे स्वार्थमा सहयोगीकाे भूमिका खेल्दै आएका छन् । 

जिल्ला अदालतबाट अनुभव गरेर आएका याेग्य न्यायाधीशभन्दा राजनीतिक नियुक्ति पाएका न्यायाधीशको वर्चस्व उच्च र सर्वोच्च अदालतमा बढ्दै जाने अवस्थाले गर्दा न्यायालयप्रति जनविश्वास र आस्था खस्किँदै जान सक्छ । 

अधिवक्ता वा वकिलहरू नै विभिन्न जिल्ला, उच्च अदालत र सर्वोच्च अदालतको तहसम्ममा बिचाैलियाको भूमिका खेलेर पेसालाई नै बदनाम गर्ने गरी कार्य गरेको गुनासाे सराेकारवालाले गर्ने गरेका छन् । यी र यस्ता कैयन उदाहरणले न्यायालयमा सेटिङ छ भन्ने भनाइ इन्कार गर्न कठिन हुन्छ । न्यायालयका यस्तै विवादास्पद निर्णय, शैली र व्यवहारले गर्दा नै न्यायापालिका सुधारका लागि संविधान संशोधनलगायतका प्रयत्न गर्नुपर्ने आवाज उठ्न थालेकाे हुनुपर्छ । 

सर्वोच्च अदालत, उच्च अदालतका सबैजसा न्यायाधीशलाई बिदा गरेर नयाँ र योग्य व्यक्तिलाई पुनर्नियुक्त गरेमा धेरै सुधार हुनसक्छ । यसैगरी, जिल्ला अदालतका न्यायाधीश छनोटकै शैलीमा सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीश पनि निश्चित प्रक्रियाका आधारमा लिखित परीक्षा तथा अन्तर्वार्ताबाट गरिनुपर्छ । 

राजनीतिक सिफारिसबाट न्यायाधीश नियुक्त हुने पद्धति नै खारेज गरी याेग्यतामा आधारित पारदर्शी प्रक्रिया अवलम्बन गर्नुपर्छ । यतिमात्र गर्न सके पनि न्यायालयप्रतिको जनआस्थामा कमी आउनेछैन भने कानुनी क्षेत्रमा व्यवसायिकताको विकास हुने अपेक्षा गर्न सकिनेछ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  ०८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC