site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
भुक्तानी प्रदायकको संस्थापक सेयर ५ वर्ष बेच्न नपाइने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायक कम्पनीको संस्थापक सेयर इजाजतपत्र प्राप्त गरेको ५ वर्षसम्म खरिद बिक्री गर्न नपाइने व्यवस्था गरेको छ । 

केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाहरुको लागि संस्थागत सुशासन सम्बन्धी व्यवस्था गर्दै ५ वर्षसम्म संस्थापक सेयर खरिद बिक्रीमा रोक लगाएको हो ।

केन्द्रीय बैंकले भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाको प्रमुख कार्यकारी नियुक्ती सम्बन्धी मापदण्ड  पनि तोकेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सीईओले राजीनामा दिएको र सञ्चालक समिति हेरफर भएको ७ दिनभित्र राष्ट्र बैंकमा आवेदन दिनुपर्ने भएको छ । 

सीईओले अन्य कुनै संस्थामा काम गर्न नपाइने, सीईओ रिक्त भएको तीन महिनामा नयाँ सीईओ नियुक्त गर्नुपर्ने जस्ता व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

Global Ime bank

यस्तै सञ्चालक उक्त संस्थाबाट ऋण लिन नपाउने र यदि लिएको भए २०७८ असार मसान्तभित्रमा फर्स्योट गर्नसमेत राष्ट्र बैंकले निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाको लागि जोखिम व्यवस्थापन सम्बन्धी अर्को व्यवस्था गर्दै जोखिम व्यवस्थापनको रिपोर्टिङ गर्ने नीति प्रक्रिया र संरचना तयार गरि कार्यान्वयन गर्न निर्देशन दिएको छ । 

यस्तै छुट्टै जोखिम व्यवस्थापन इकाई व्यवस्था गर्नुपर्ने  व्यवस्था समेत गरेको छ । 

यस्तै सञ्चालन जोखिम, तरलता जोखिम र व्यवसाय जोखिममा वर्गीकरण गरि कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

यस बाहेक भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाको लागि ग्राहक हित संरक्षण सम्बन्धी व्यवस्था गरेको केन्द्रीय बैंकले गुनासो सुनुवाईको लागि १८ घण्टा सेवा दिने गुनासो सुनुवाई डेस्क स्थापना गर्न निर्देशन दिएको छ । यस्तै ग्राहकको गोपनीयता र तथ्याङ संरक्षणको लागि पनि निर्देशन दिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  १८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC