site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एचाईडीसीएलले शतप्रतिशत हकप्रद जारी गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति
Sarbottam CementSarbottam Cement

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)ले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले यही चैत १२ गते हाल कायम चुक्ता पुँजीको १ बराबर १ प्रतिशतको अनुपातमा हकप्रद सेयर जारी गर्ने अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

हाल ११ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले १ः१ को अनुपातमा अर्थात् ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर जारी गर्ने अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले यसअघि पनि हकप्रद सेयर जारी गर्ने भन्दै बोर्डमा आवेदन दिएको थियो । तर, लामो समयसम्म पनि हकप्रद सेयर स्वीकृतिको लागि आवश्यक विवरण उपलब्ध नगराएको भन्दै बोर्डले कम्पनीको हकप्रद प्रस्ताव पाइपलाइनको सूचीबाट हटाएको थियो । त्यसपछि कम्पनीले पुनः हकप्रद सेयर जारी गर्ने अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो ।

Global Ime bank

कम्पनीले हकप्रद निष्कासनको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीमा नेपाल सरकारको ५० प्रतिशत, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र राष्ट्रिय बिमा संस्थानको समा १०/१० प्रतिशत गरी ३० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत सेयर स्वामित्व रहको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  १७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC