site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
विदेश पठाउने 'अवैध' कार्यालयमा छापा, पैसा पाउन पीडित नै कर्मचारी !
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । युवालाई माल्दिभ्स पठाउने भन्दै ठगी गरेको आरोपमा वैदेशिक रोजगार विभागले सामाखुसीमा रहेको एजेन्टको अखडामा छापा मारेको छ ।

वैदेशिक रोजागारीको लागि युवालाई माल्दिभ्स पठाउने भन्दै प्रलोभनमा पारेको, विदेश पठाउने भनेर पैसा लिएको र फिर्ता नगरेको उजुरी परेको आधारमा छापा मारेको विभागले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त कार्यालयले विभिन्न म्यानपावरहरुसँग मिली विभिन्न देशमा रोजगारीको लागि पठाउने गरेको समेत पाइएको विभागले जनाएको छ ।

विभागको टोली उक्त कार्यालयमा पुग्दा सञ्चालक सुशील खड्का कार्यालयमा थिएनन् । तर, वैदेशिक रोजगारीको चक्करमा आफ्नो पैसा फसेका व्यक्ति भेटिए । उनी अहिले आफ्नो फसेको पैसा उठाउन आफैँ उक्त कार्यालयमा काम गर्ने गरेको समेत पाइएको अनुगमन अधिकृत मातृका सापकोटाले जनाएका छन् ।

Global Ime bank

विभागको टोलीले उक्त कार्यालयबाट विभिन्न कागजात नियन्त्रणमा लिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  १७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC