site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अजोड इन्स्योरेन्समा खुलेआम ‘इन्साइडर’ ट्रेडिङ, नियामक निकाय भन्छ– छानबिन गर्छौँ
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । अजोड इन्स्योरेन्सको घटनाक्रमले सेयर बजारमा भित्रि सूचनाको आधारमा कारोबार हुने गरेको प्रष्ट हुन्छ । अजोड इन्स्योरेन्सले सोमबार नियमित कारोबार समयमा नै सञ्चालक समितिको बैठक बसेर २०७८ वैशाख ७ गतेको लागि साधारणसभा बोलाएको छ भने साधारणसभाको विशेष प्रस्तावमा १ बराबर ०.५ को अनुपातमा हकप्रद सेयर जारी गर्ने उल्लेख गरेको छ ।

सोमबार सेयर कारोबार समयमा नै सञ्चालक समितिको बैठक बसेर आगामी साधारणसभामा हकप्रदको प्रस्ताव लैजाने निर्णय कम्पनीले गरेको हो । सोमबार नै कम्पनीको सञ्चालक समितिको बैठकले हकप्रद प्रस्ताव साधारणसभामा लैजाने निर्णय गर्नु र सोमबार बजार परिसूचक घट्दा समेत अजोड इन्स्योरेन्समा सकारात्मक सर्किट लाग्नुको साथै खरिद चाप उच्च हुनुले कम्पनीको भित्रि सूचना बाहिर आएको पुष्टि हुन्छ ।

कम्पनीको उक्त प्रस्ताव सोमबार कारोबार समयमा नै चुहिँदा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । कारोबार समयमै साढे २ बजे बसेको सञ्चालक समितिको बैठक कम्पनीको हकप्रदको प्रस्ताव गरेको थियो । उक्त हकप्रदको सूचना चुहिएकै कारण सोमबार नेप्से घट्दा पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको लगानीकर्ताहरुले दाबी गदै आएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

धितोपत्र निष्कासन तथा दर्ता विनियमावलीअनुसार सूचीकृत संस्थाले सेयर मूल्यमा प्रभाव पर्ने कुनै पनि निर्णय भएमा सोही दिन अथवा अर्को भोलिपल्ट कारोबार खुल्नु अगाडि नै नेप्सेलाई जानकारी गराउनुपर्ने व्यवस्था रहेको छ । तर, अजोड इन्स्योरेन्सले भने सोमाबार कारोबार समयमा बसेको सञ्चालक समितिको निर्णय आज मंगलबार मात्रै नेप्सेलाई जानकारी गराएको छ ।

धितोत्रपसम्बन्धी कुनै पनि ऐन–नियममा कारोबार समयमा बोर्ड बैठक बस्न नमिल्ने भन्ने उल्लेख छैन । तर, सेयर मूल्यमा प्रभाव गर्ने सूचना कारोबार समयमा नेप्सेलाई पठाएको भन्दै नेप्सेले यसअघि सिटिजन्स बैंक र सांग्रिला डेभलपमेन्ट बैंकलाई पनि स्पष्टीकरण सोधेको थियो । नेप्सेले सांग्रिला  डेभलपमेन्ट बैंकको त सेयर कारोबार नै रोक्का गरेको थियो ।

Global Ime bank

दुवै बैंकले कारोबार समयमा सञ्चालक समितिको बैंठक बसेर लाभांश घोषणा गरेको र कारोबार समयमा लाभांशको सूचना पठाएको भन्दै नेप्सेले स्पष्टीकरण सोधेको थियो । कारोबार नै रोकेको सांग्रिला डेभलपमेन्ट बैंकले स्पष्टीकरण पेस गरेपछि कारोबार फुकुवा भएको थियो ।

अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत कुमारविक्रम खत्री भने कारोबार समयमा सेयर मूल्यमा प्रभाव पर्ने कुनै पनि सूचना कम्पनीले बाहिर नलगेको बताउँछन् । “सोमबार साढे २ देखि ४ बसेसम्म बसेको सञ्चालक समितिको बैंठकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो, त्यसको सूचना आज कारोबार खुल्नु अगाडि नै नेप्सेमा हामीले पठाएका छौँ,” उनले बाह्रखरीसँग भने, “बोर्ड बैठकको समय केही मिलेन कि भन्ने कुरा हुनसक्छ । तर, कम्पनीको तर्फबाट जानकारी गराउनुपर्ने सूचना समयमा नै जानकारी गराएका छौँ ।”

नेप्सेका प्रवक्ता मुराहरि पराजुली यस विषयमा नेप्सेको ध्यानाकर्षण भएको र सम्बन्धित विभागले आवश्यक कारबाही चलाउने बताउँछन् । नेप्सेले आवश्यक कारबाही चलाउने भने पनि सामान्य स्पष्टीकरण सोधेर छोड्ने विगतको अभ्यासले गर्दा सूचीकृत कम्पनीले पटक–पटक लापरबाही गर्ने गरेको देखिन्छ । सेयर बजारमा खुलेआम हुने इन्साइडर ट्रेडिङ रोक्न सरोकारवाला निकायका ध्यान जान आवश्यक छ ।

यो मात्रै हैन, केही दिन अगाडि मात्रै राष्ट्र बैंकको नीतिगत व्यवस्थाविपरीत गएर किसान लघुवित्तले अघिल्लो दिन हकप्रद प्रस्तावसहित साधारणसभा आह्वान गरेको थियो । तर, भोलिपल्ट नै पुनः उक्त सूचना सच्याउँदै हकप्रद प्रस्ताव हटाएको थियो । हकप्रद प्रस्तावसँगै कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो । यस विषयमा पनि नेप्सेल कारोबार रोकेर स्पष्टीकरण त सोधेको छ तर हालसम्म अन्य कुनै कारबाही प्रक्रिया अगाडि बढाएको छैन ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना कारोबार समयमा नै बोर्ड बैंठक बसेर निर्णय भएको भए उक्त विषय गम्भीर भएको बताउँछन् । किसान लघुवित्तिको केस पनि सेयर बजारको लागि गम्भीर भएको भन्दै दुवै केसलाई बोर्डले गहन रुपमा लिएको र अनुसन्धान गरेर आवश्यक कारबाही गर्ने उनले बाह्रखरीसँग बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  १५:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC