site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
म्यानमारमा सडकमा फोहोर फालेर सेनाको अवज्ञा
तस्बिर : रोयटर्स ।
Ghorahi CementGhorahi Cement

रोयटर्स । म्यानमारमा सैनिक ‘कू’विरुद्धको प्रदर्शनमा मर्नेको संख्या ५०० नाघेपछि प्रदर्शनकारीले विरोधको नयाँ शैली अपनाएका छन् । प्रदर्शनकारीले मंगलबार सडकमा फोहोर फालेर सेनाको कदमको विरोध गरेका हुन् ।

सोमबार सेनाले याङ्गोन र आसपासका क्षेत्रका बासिन्दालाई फोहोरको उचित व्यवस्थापन गर्न माइकिङ गरेको थियो । सेनाको अवज्ञा गर्दै प्रदर्शनकारीले मुख्य सडकमार्गमा फोहोर फ्याँक्न सबैलाई आग्रह गर्दै अवज्ञा अभियान नै सुरु गरेका हुन् । सामाजिक सन्जालमा पोस्ट गरिएका तस्बिरहरुमा सहरका सडकमा फोहोरको थुप्रोहरु देखिन्छ ।

Agni Group

गत फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएपछि जारी प्रदर्शनमा हालसम्म कम्तीमा ५१० जनाले ज्यान गुमाइसकेका छन् । ‘कू’यताकै हिंसात्मक प्रदर्शन भएको शनिबार मात्र १४१ जनाको मृत्यु भएको थियो ।

प्रदर्शनको एउटा मुख्य समूह जनरल स्ट्राइक कमिटी अफ नेसनालिटिजले सोमबार जातीय अल्पसंख्यक शक्तिहरुलाई एक खुलापत्र लेख्दै सेनाको दमनविरुद्ध उत्रन आग्रहसमेत गरेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  १४:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC