site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ललितकलामा महिला कलाकारको बढ्दो आकर्षण 
Ghorahi CementGhorahi Cement

काठमाडौं । महिला कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्यले अहिले काठमाडौंका विभिन्न स्थानमा उनीहरूका कला प्रदर्शनीमा राखिएको छ ।

काठमाडौंको बबरमहलस्थित आर्ट काउन्सिलको माथिल्लो तलामा ‘इन्स्पायर्ड’ शीर्षकमा ९ महिला कलाकारका कला प्रदर्शनीमा राखिएको छ । त्यस्तै, चाकुपाटस्थित क्लासिक ग्यालरीमा १० महिलाहरूका कला प्रदर्शनी सुरु भएको छ । बौद्धस्थित ग्यालरी लामा पनि युवा महिला कलाकार अनिषा महर्जनको एकल कला प्रदर्शनी भइरहेको छ ।

आर्ट काउन्सिलकै भुईं तलामा ‘आर्टिस्ट ११’ शीर्षकको सामूहिक कला प्रदर्शनीमा महिला कलाकारकै बाहुल्यता छ । ११ मध्ये ९ जना महिला कलाकार छन् ।

Agni Group

यी प्रदर्शनीमा महिला कलाकारको उल्लेखनीय सहभागिताले ललितकलामा महिला कलाकारको बढ्दो उपस्थिति देखाउँछ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको चित्रकला विभागीय प्रमुख सुष्मा राजभण्डारी पनि ललितकलामा महिला कलाकारको उपस्थिति बढेको बताउँछिन् ।

“रागिनी दिदी (रागिनी ग्रेला), शशीकला तिवारी, प्रमिला गिरीलगायत हामीले सुरु गर्दा महिला कलाकारहरू हातैमा गन्न सकिन्थ्यो । घरबाट महिलाहरू निस्किनै नदिने समय थियो,” राजभण्डारी भन्छिन्, “क्याम्पससम्म जान दिइन्थ्यो । तर, फिल्डमा आउन भने महिलाहरूलाई एकदमै गाह्रो थियो । पछिल्लो समय भने नेपालको ट्रेन्डमा परिवर्तन आएको छ ।” उनी यसको पछाडिको कारण कलाप्रतिको आमबुझाइमा आएको परिवर्तन र पुरुष तथा परिवारले महिलालाई दिन थालेको स्वतन्त्रतालाई मान्छिन् ।

Global Ime bank

कलाकारद्वय सरीता डंगोल र एरिना ताम्राकार आर्ट क्षेत्रमा पनि कमाइ राम्रो हुन्छ भन्ने धारणाको विकास हुनुले पनि ललितकलामा महिला कलाकारहरूको उल्लेखनीय उपस्थिति र निरन्तरता देखिएको बताउँछन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको चित्रकला विभाग प्रमुख राजभण्डारीले कला सुरु गर्दा महिला कलाकारहरूको उपस्थिति न्यून थियो । सरीता र एरिनाको समयसम्म आउँदा कला क्षेत्रमा महिलाको संख्यामा वृद्धि हुन थालिसकेको थियो । तर, उनीहरू कलेजपछि केही वर्ष यसमै लागे पनि विस्तारै हराउने गरेको महिला कलाकारको गुनासो छ ।

“हामीले पढ्दा महिलाहरूको संख्या पनि राम्रै थियो । तर, विवाहपछि उनीहरू विस्तारै घरभित्रै सीमित हुन थाले । मसँगकै कतिजना साथीहरू अहिले यसलाई निरन्तरता दिनै छोडिसके,” सरीता भन्छिन् ।

तर, उनी भने आफ्नै ग्यालरी सञ्चालन गरेर यसैमा निरन्तर लागिरहेकी मात्र छैनन्, साना विद्यार्थीदेखि ठूलाहरूलाई आर्टको कक्षा पनि दिइरहेकी छिन् । यसका लागि उनले अरू पाँचजना महिला कलाकारलाई रोजगारी पनि दिएकी छिन् ।

पुल्चोकमा रहेको उनको क्लासिक ग्यालरी भूकम्पपछि चाकुपाटमा सर्‍यो । कतिले उनलाई ‘आउटअफ लोकेसन’मा ग्यालरी खोलेर बन्द गर्नुपर्ला है पनि भन्थे । तर, चुनौतीलाई स्वीकारेर उनले ‘अफ लोकेसन’मा स्थापित गरेर देखाउने अठोट लिइन् । अहिले गुगलमा खोजी–खोजी पनि कलाप्रेमीहरू आफ्नो ग्यालरीमा आइरहेको उनी बताउँछिन् ।

यस्तै, विगत तीन दशकभन्दा लामो समयदेखि कलालाई निरन्तरता दिइरहेकी कलाकार एरिना ताम्राकार पनि अहिले महिला कलाकारको संख्यामा वृद्धि भएको महसुस गर्छिन् ।

“यो महिला दिवसको महिना भएर पनि अन्य समयभन्दा ग्यालरी र प्रदर्शनीमा महिला कलाकारहरूको उल्लेख्य सहभागिता देख्नु सामान्य कुरा हो,” उनी अगाडि थप्छिन्, “तर, पछिल्लो २०–३० वर्षअगाडिको दाँजोमा महिला कलाकारहरूको संख्या बढेको पनि हो । म आफैँ पनि आर्ट क्लास सञ्चालन गरिरहेको छु । क्लासमा धेरै महिला विद्यार्थीहरू नै छन् ।”

महिला कलाकारको संख्या बढेको मात्रै नभई उनीहरूको सहभागितामा स्थिरता पनि आएको उनको बुझाइ छ । ललितकलाका निजी कलेजहरूको बढ्दो संख्या पनि अप्रत्यक्ष रूपमा महिला कलाकारलाई यस पेसामा निरन्तरता दिने सूचक बनेको उनी बताउँछिन् । ताम्राकारलगायत पढ्दा ललितकलाका दुईवटा सरकारी कलेज मात्रै थिए । तर, अहिले ललितकलाको प्लस टु पढाउने निजी कलेज मात्रै २२ वटा सञ्चालनमा छन् ।

मोफसलमा कम

काठमाडौंमा महिला कलाकारको संख्या उल्लेख्य रुपमा बढिरहे पनि मोफसलमा भने महिला कलाकारको संख्या एकदमै न्यून रहेको कलाकारहरू बताउँछन् । कलाकार राजभण्डारीले आफ्नो कार्यकालको दौरान मोफसलका महिला कलाकारलाई प्रोत्साहन गर्न योजना र कार्यक्रम ल्याइरहेकी छिन् । तर, मोफसलमा शिक्षाको अभावका कारण महिला कलाकार घरभित्रैको काममा सीमित हुन बाध्य भएको उनी बताउँछिन् ।

“बाहिर जागरुकता छैन । श्रीमान्ले दिए पनि सासूले बाहिर जानै नदिने, घरको काममा मात्रै सीमित राख्न खोज्छन् । हामीले दैनिक पारिश्रमिक दिएर नेपाली कागजको ल्याम्पलगायत हस्तकलाको कार्यशालाहरू गर्दा पनि एक–दुईजना मात्रै सहभागी हुन्छन् । कति कार्यशालामा त एकजना मात्रै पनि आए,” उनले भनिन् ।

पछिल्लो समय कलामा महिलाहरू जुर्मुराइरहेकोमा भने उनी खुसी छिन् । कला क्षेत्रमा महिलाहरूलाई प्रोत्साहन गर्न सरकारको तर्फबाट पनि पहल हुन आवश्यक रहेको उनको भनाइ छ । उनी आफैँले पनि सोल्टिमोडमा सोभनियर्स ग्यालरी एन्ड क्याफे सञ्चालनमा ल्याएकी छिन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  ०९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC