site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
चरित्र निर्माणमा मिहिनेत गर्दैनन् कलाकार
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कलाकारहरु विभिन्न कारणले चरित्र निर्माणमा चुकिरहेको निर्देशकहरुले बताएका छन् । समय, पारिश्रमिक र निर्देशकका कारण कलाकार चरित्र निर्माणमा केन्द्रित हुन नसकेको उनीहरु बताउँछन् ।

निर्देशक नवीन सुब्बा कलाकारले चरित्र निर्माणमा पर्याप्त मिहिनेत नगरेको बताउँछन् । क्यामेरा अगाडि उभिनु मात्रै अभिनय नभएको भन्दै उनले चरित्र भनेको जीवन बाँच्ने हो भन्ने तथ्यलाई कलाकारले बुझ्न नसकेको बताए ।

“सुनील पोखरेल र अनुप बरालबाट प्रशिक्षित कलाहरुले चरित्र निर्माण गर्न सुरु गरेका छन् । तर, त्यो पनि पर्याप्त छैन । मनभित्रबाट चरित्र निर्माण गर्नुपर्छ, आवरणमा मात्रै होइन,” नवीन भन्छन्, “आवरणमा चरित्र खोजेर हुँदैन । कपाल खौरिएर मात्रै चरित्र निर्माण हुँदैन । दुःखी भएको अथवा परिवार गुमाएको क्षणको चरित्र पशुपतिमा गएर शव जलाएका आफन्तलाई हेरेर मात्रै निर्माण गर्न सकिँदैन ।”

Prabhu Bank
Agni Group
NIC Asia

आफ्नै दुःखद् क्षणहरुलाई अनुभूत गरेर चरित्र निर्माण गर्नुपर्नेमा उनको जोड छ । अब्बल भनिने कलाकारले पनि चरित्र निर्माणमा खासै ध्यान नदिएको नवीन बताउँछन् ।

निर्देशक विनोद पौडेल ‘स्टार भनिएका’ कलाकारले नै चरित्र निर्माण गर्न ध्यान नदिने गरेको बताउँछन् । आफूलाई स्टार सम्झिएर हिँड्ने तर क्यारेक्टर खोज्न हिचकिचाउने गरेको उनको भनाइ छ । सोही कारण आफूले आउँदो चलचित्रमा स्टार कलाकार नलिने निर्णय गरेको उनले सुनाए ।

Global Ime bank

“मैले लेखिरहेको चलचित्रको कथामा एउटा ¥यापरको क्यारेक्टर छ । यसमा मैले अहिले भनिएका स्टारलाई लिन आँट गरिनँ । कारण, अलि–अलि काम गरेका हाम्रा कलाकार चरित्र निर्माणका लागि सम्बन्धित ठाउँमा गएर रिसर्च गर्दैनन्,” निर्देशक विनोद भन्छन्, “युट्युब हेरेर लामो कपाल पाल्ने, फ्याङ्लो भेस्ट लाउने र हात तथा गलामा माला र सिक्री लगाउँदैमा ¥यापर भइन्छ भनेर सोचिदिन्छन् । त्यसैले मैले काम गरिसकेका पुराना कलाकारलाई यो चरित्रका लागि लिने आँट नै गर्न सकिनँ ।”

उनले यसका लागि नयाँ कलाकार लिएर अहिले अध्ययन गराइरहेका छन् । आफूलाई सेलिब्रिटी सम्झिएर आम नागरिकसँग घुलमिल गरेर क्यारेक्टर खोज्दा इज्जत नै जान्छ भन्ने सोच केही कलाकारमा रहेको विनोदको भनाइ छ । यही कारण अपेक्षित र सुरुका चलचित्रमा राम्रो काम गरेका कलाकारका पछिल्ला चलचित्रहरु क्रमशः कमजोर हुँदै गएको निर्देशक नवीन सुब्बाको जिकिर छ ।

निर्देशकीय क्षमताको कमजोरी पनि कमजोर चरित्र निर्माणको मुख्य कारण रहेको निर्देशक दीपक रौनियार बताउँछन् । पर्याप्त समय, दक्ष निर्देशक तथा उचित पारिश्रमिक उपलब्ध भएको अवस्थामा नेपाली कलाकारले पनि चरित्र निर्माणमा राम्रो काम गर्न सक्ने उनी बताउँछन् ।

“समय र पारिश्रमिक पनि महत्त्वपूर्ण पक्ष हो । नेपाली कलाकारहरुले पारिश्रमिक कति पाइरहेका छन्, वर्षमा एउटा चलचित्रमा मात्रै काम गरेर गुजारा चलाउन सक्ने अवस्था छ कि छैन भन्ने कुरा मुख्य हो,” निर्देशक दीपक भन्छन्, “यहाँ सबैलाई दयाहाङ राई र विपीन कार्की नै चाहिएको छ । उनीहरुले पनि चलचित्र एकपछि अर्को गर्नु परिरहेको छ । तर, उनीहरुले समय पाउने हो भने काम गर्न सक्छन् । समयका लागि पारिश्रमिकले ठूलो भूमिका खेल्छ ।”

आफ्नो चलचित्र ‘ह्वाइट सन’ निर्माणका बेला दयाहाङ राईले साइन गरेको चलचित्र ‘वीरविक्रम’मा पनि खेल्नु परेका कारण उनले चरित्र निर्माणमा धेरै समय दिन नसकेको दीपक बताउँछन् । एक हप्ताको अन्तरालमा काम गर्नु परेको उनी स्मरण गर्छन् ।

चलचित्र निर्देशकीय माध्यम पनि भएकाले कलाकारलाई मात्रै आरोप लगाउन नहुनेमा उनी जोड दिन्छन् । निर्देशकले कस्तो अभिनय चाहियो भन्छ, त्यही अनुसार कलाकारले चरित्र निर्माण गर्ने उनी बताउँछन् । “चरित्र निर्माण कलाकार एक्लैले गर्ने होइन । यसमा उत्तिकै भूमिका निर्देशक र निर्माण पक्षको पनि हुन्छ । सँगै रहेर निर्देशकले चरित्र निर्माणमा सहयोग गर्नुपर्छ,” दीपक भन्छन्, “भलै, कलारकारले यसमा कति मिहिनेत गर्छ, त्यसमा चरित्र कति बलियो हुन्छ भर पर्छ । यसबाटै छुट्टिने हो, कुन कलाकार कति राम्रो र कति डेडिकेटेड छ ।”

निर्देशक नवीन सुब्बा भने निर्देशकले कलाकारसँग अभिनयको ‘लेवल’ माग्न मात्रै सक्ने तर माध्यम कलाकार भएकाले ऊ नै यसको मुख्य जिम्मेवार रहेको बताउँछन् ।   
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  ०६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC