





काठमाडौं । नेपालले त्रिदेशीय फुटबलको फाइनलमा बंगलादेशलाई पराजित गरेर उपाधि जित्यो । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल २-१ ले विजयी भयो ।
यही खेलपछि नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिए । नेपालका रोहित चन्द प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए ।
प्रधानमन्त्री केपी शर्मा ओली पनि फाइनल खेल हेर्न रंगशाला पुगेका थिए । रंगशालामा दर्शकको उल्लेख्य उपस्थिति थियो ।
थप तस्बिर हेर्नोस्







प्रतिक्रिया दिनुहोस्