site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
शव २४ घण्टादेखि स्वास्थ्य केन्द्रमा, वडाध्यक्षसहित स्थानीय विरोधमा
Ghorahi CementGhorahi Cement

पोखरा । बागलुङको बडिगाड गाउँपालिका–१०, बल्देधुरीमा होली खेल्नेक्रममा भएको झडपमा परी भिरबाट खसेर मृत्यु भएका दुई युवाको शव बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । घटना भएको २४ घण्टा भइसक्दा पनि प्रहरीले दोषी पक्राउ गर्न नसकेको भन्दै स्थानीय आक्रोशित छन् । उनीहरुले दोषी पक्राउ नपरेसम्म शव नबुझ्ने अडान लिएका छन् ।

सोमबार होली खेल्ने क्रममा बडिगाड–१०, दर्लिङ र निसिखोला गाउँपालिका–७, राजकुटका युवाहरुबीच रङ लगाउनेक्रममा भएको सामान्य विवादले उग्ररुप लिँदा निसिखोला–७ का प्रकाश कुँवर र दीपक परियारको ज्यान गएको थियो । सार्वजनिक भिडियो अनुसार त्यहाँ ती दुई युवालाई लघारेर भिरबाट खसालेको देखिन्छ ।

भिडियोबाट नै प्रष्ट रुपमा मान्छेहरु देखिएता पनि प्रहरीले हालसम्म कसैलाई पक्राउ नगर्दा आफूहरुले न्याय पाउनेमा नै अन्योलता रहेको निसिखोला–७ का अध्यक्ष तेजेन्द्रविक्रम कुँवरले बताए ।

Agni Group

कुँवरसहित अहिले स्थानीयको टोली बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा छ । उनीहरुले प्रहरीले दोषी पक्राउ नगर्दासम्म शव नबुझ्ने बताएका छन् । कुँवरले भने, “गाउँमा गएर भिरबाट खसालेर मान्छे मारेका छन् । हामीले कसरी बुझ्ने ? हामीले न्याय पाउने कि नपाउने ? हामीले शव बुझ्दैनौँ । आफन्तसहित हामी अस्पतालमै छौँ । अपराधी फेला नपरेसम्म हामीले शव बुझ्दैनौँ ।”

मृतकमध्ये प्रकाश कुँवर र वडाध्यक्ष कुँवर आफन्त पर्छन् । “मेरै वडाका मान्छे हुन्, मेरै आफन्त पनि मरेका छन् । दीपक परियार पनि हुनुहुन्छ । प्रहरी त खोज्न गइरहेको छ । हामीले पनि मान्छे पठाएका छौँ । जंगलतिर छन रे भन्ने सुनिएको छ । गाउँमा कोही पनि छैनन्, सबै फरार छन्,” उनले भने ।

Global Ime bank

यता, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता इकवाल हवारीले शवको पोस्टमार्टम भइसकेको बताए । “मृतकका आफन्तले दिएको निवेदनका आधारमा पोस्टमार्टम गरेका हौँ । शव नबुझ्नुपर्ने कारण त म देख्दिनँ,” उनले भने ।

उनका अनुसार ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी कृष्णबहादुर पल्लीमगरको टोली घटनास्थल पुगेको छ । तर, २४ घण्टासम्म पनि कसैलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार बल्देधुरीमा हरेक होलीमा मेला लाग्ने गरेका कारण इलाका प्रहरी कार्यालय बुर्तिबाङले प्रहरी खटाउने गरेको थियो । इलाकाले ढोरपाटन, बडिगाड, निसी र तमानखोलासम्मको सुरक्षा हेर्ने गरेको थियो । तर, त्यहाँका प्रहरी निरीक्षक प्रकाश भण्डारीको सरुवा भएपछि प्रहरी प्रधान कार्यालयले खटाएका जयराम वन्त बिदामा छन् । प्रहरी नभएका कारण पनि उक्त अप्रिय घटना हुन पुगेको स्थानीयको भनाइ छ ।

'राजनीतिक प्रतिशोध'
मृतक कुँवर नेपाली कांग्रेस बागलुङका जिल्ला कार्यसमिति सदस्य हुन् भने प्रकाश परियार सक्रिय कार्यकर्ता हुन् । यो घटनालाई नेपाली कांग्रेसको वडादेखि केन्द्रसम्मले राजनीतिक प्रतिशोधका कारण हत्या भएको दाबी गरेको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै भनेका छन्, “होली खेल्नेक्रममा नै भएको असमझदारी र आवेगको परिणाममा दुई युवाको हत्या भएको हो या यसका पछिल्तिर योजनाबद्ध षड्यन्त्र छ, यसको गहिरो अनुसन्धान गर्न तथा दोषीहरूलाई अविलम्ब पक्राउ गर्न नेपाली कांग्रेस सरकारसमक्ष माग गर्दछ ।”

कांग्रेस संसदीय दल गण्डकी प्रदेशका नेता कृष्णचन्द्र नेपाली पोखरेलले पनि नियोजित हत्या भएको र दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । जिल्ला कार्यसमिति बागलुङदेखि विभिन्न भातृसंघहरुले पनि सोही प्रकृतिको विज्ञप्ति जारी गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १६, २०७७  २०:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC