अर्थ व्यवसाय
काठमाडौं । नारायणगढस्थित नारायणी नदि किनारमा पछिल्ला दिन आन्तरिक पर्यटकको भीड बढ्न थालेको छ । मोटरबोटसँगै नदि किनारामा खाना तथा खाजाको राम्रो व्यवस्था भएसँगै आन्तरिक पर्यटकको भिड बढ्न थालेको हो । नदि किनारामा रहेको नारायणी विच क्याफे धेरैको रोजाइमा पर्दै आएको कम्पनीले जनाएको छ ।
आफ्नै फार्ममा उत्पादित खसी, लोकल कुखुरा, कडकनाथ, टर्की, हाँस, माछा लगायतका उत्पादनहरु प्रयोग हुने भएकोले पनि स्थानीय तथा पर्यटकहरुको विशेष रोजाइमा पर्न सफल भएको कम्पनीले जनाएको छ ।
रेष्टुरेन्टमा इण्डियन, कन्टिनेनटललगायतका खानाका साथै स्थानीय परिकारलाई महत्व दिइएको जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, चैत १६, २०७७ १८:२१
प्रतिक्रिया दिनुहोस्