अर्थ व्यवसाय
काठमाडौं । विश्व वित्तीय सप्ताह (ग्लोबल मनिविक) २०२१ को उपलक्ष्यमा लक्ष्मी बैंकले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकको वित्तीय साक्षरता अभियानअन्तर्गत सातै प्रदेशका विभिन्न विद्यालयका करिब एक हजार बढी विद्यार्थीहरुलाई सामान्य वित्तीय साक्षरतासम्बन्धी कक्षा सञ्चालन गरी बचतको महत्व बुझाउँदै खुत्रुके वितरण गरेको जनाएको छ ।
यसका साथै युवाहरुमा प्रविधिको प्रयोग गरी बैकिङ गर्ने बानीको विकास गर्नेे उद्देश्यले विभिन्न व्यवसायमा आबद्ध साना व्यवसायीहरुलाई डिजिटल बैंकिङको प्रयोगसम्बन्धी तीनवटा तालिम सत्र सञ्चालन गरिएको बैंकले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, चैत १६, २०७७ १६:२६
प्रतिक्रिया दिनुहोस्