site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सेयर बजारमा सामान्य गिरावट, करिब साढे ४ अर्बको कारोबार
Sarbottam CementSarbottam Cement

काठमाडौं । लगातार तीन दिन बन्द भएर सोमबार खुलेको सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । आइतबारको सार्वजनिक बिदापछि आज खुलेको सेयर बजारमा बजार परिसूचक नेप्से ५.४५ अंकले करेक्सन हुँदा २५४३.५२ अंकमा बन्द भएको छ ।

गएको बिहीबार २५४८.९७ अंकमा बन्द भएको नेप्से आज प्रि–ओपनिङ सेसनमा करिब १० अंकले बढेर २५५८.२३ अंकमा खुलेको थियो । कारोबार अवधिभर उतार–चढाव देखिएको बजार परिसूचकले इन्ट्रा–डे कारोबारमा २५६२.२० अंकको उच्च विन्दु र २५३७.६७ अंकसम्म झरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

नेप्सेमा गिरावट भए पनि विकास बैंक, हाइड्रोपावर, वित्त कम्पनी र लघुवित्त कम्पनीको समूहको उपसूचक बढेको छ । लघुवित्त उपसूचक सर्वाधिक ०.८९ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.८६ प्रतिशतले बढेको छ । वित्त कम्पनी उपसूचक ०.२१ प्रतिशत र विकास बैंक उपसूचक ०.०५ प्रतिशतले बढेको छ ।

यता, व्यापार उपसूचक ५.२६ प्रतिशतले आरालो लाग्दा होटेल एन्ड टुरिजम उपसूचक भने सर्वाधिक ४.१४ प्रतिशतले घटेको छ । यस्तै, अन्य उपसूचक  १.०८ प्रतिशत र बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.४६ प्रतिशतले घटेको छ ।

Global Ime bank

बजार परिसूचकमा सुस्तता देखिँदा कारोबार रकममा पनि सुस्तता देखिएको छ । बिहीबार साढे ६ अर्बको कारोबार भएको नेप्सेमा आज भने करिब साढे ४ अर्बमा सीमित भएको छ । नेप्सेमा आज ६४ हजार ५१५ कारोबारमा  २०९ कम्पनीको ९१ लाख ३८ हजार ९३५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड ३ लाख ४५ हजारको कारोबार भएको छ ।

कारोबार रकमको नेतृत्व नेपाल इन्फ्रास्ट्रचर बैंकले लिएको छ । बैंकको ४४ करोड ३१ लाख ६५ हजारको कारोबार हुँदा अपर तामाकोसीको ३८ करोड ७७ लाख ९८० हजारको कारोबार भएको छ ।

यस्तै, लगातार १५७ रुपैयाँ ओपनिङ कारोबार भएर लगातार रुपमा बढ्दै गएको चन्द्रागिरि हिल्समा आज भने बिक्री चान बढी हुँदा सेयर मूल्य आरालो लागेको छ भने ३७ करोड ७ लाख ७६ हजारको कारोबार भएको छ । कम्पनीको सेयर मूल्य सर्वाधिक ७.१७ प्रतिशतले घटेको छ ।

यता, उन्नति सहकार्य लघुवित्त, अजोड इन्स्योरेन्स र महिला लघुवित्तको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १६, २०७७  १५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC