site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सिन्जियानको विषयलाई राजनीतिकरण नगर्न चीनको चेतावनी
तस्बिर : रोयटर्स ।
Sarbottam CementSarbottam Cement

रोयटर्स । चिनियाँ अधिकारीहरुले सिन्जियान प्रान्तको विषयलाई राजनीतिकरण नगर्न विदेशी कम्पनीहरुलाई चेतावनी दिएका छन् । स्वीडेनको ‘एच एन्ड एम’लगायतका विदेशी कम्पनीले सिन्जियान प्रान्तमा भएको भनिएको श्रमशोषणको विषयमा चासो देखाएपछि चीनले चेतावनी दिएको हो ।

सिन्जियान प्रान्तका उइगर मुस्लिममाथि श्रमशोषण गरेको विषय उठेपछि एच एन्ड एम, बरबेरी, नाइक, एडिडासलगायतका कम्पनीले यहाँको कटन प्रयोग नगर्ने बताएका थिए । त्यसपछि चिनियाँ उपभोक्ताले यी कम्पनीको सामान बहिस्कार गर्न माग गरेको चिनियाँ अधिकारीको दाबी छ ।

Prabhu Bank
Agni Group
NIC Asia

गएको हप्ता एच एन्ड एमले सिन्जियानमा उत्पादित कटन प्रयोग नगर्ने घोषणा गरेको विज्ञप्ति चिनियाँ सामाजिक सञ्जालमा छाएको थियो । “कुनै कम्पनीले आफ्नो आर्थिक क्रियाकलापलाई राजनीतिकरण गर्नुपर्छ जस्तो मलाई लाग्दैन,” सिन्जियान सरकारका प्रवक्ता सु गुइसियांगले पत्रकारहरुसँग भने, “के एच एन्ड एम कम्पनीले चिनियाँ बजारमा नाफा कमाउन सक्छ ?, अब सक्दैन ।”

सिन्जियान सरकारका अर्का प्रवक्ता एलिजान अनयतले सिन्जियानको कटन बहिस्कार गरेका एच एन्ड एम, नाइकलगायतका कम्पनीको उत्पादन चिनियाँ नागरिकले प्रयोग गर्न नचाहेको जिकिर गरे । उनले कपास उत्पादन क्षेत्रमा आफैँ पुगेर अवलोकन गर्न समेत ती कम्पनीका अधिकारीहरुलाई आग्रह गरेका छन् ।

Global Ime bank

तर, सामाजिक सञ्जालमा चलेको पश्चिमा कम्पनीको उत्पादन बहिस्कार गर्ने अभियान चीन सरकारले नै चलाएको अमेरिकाले आरोप लगाएको छ ।

सिन्जियान प्रान्तको एक शिविरमा चीनले अल्पसंख्यक उइगर मुस्लिमलाई चरम यातना दिनुका साथै यौन र श्रमशोषण गरेको पश्चिमा देशको आरोप छ । चीनले भने लगातार उक्त आरोपको खन्डन गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १६, २०७७  १२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC