site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
स्वेज नहरमा फसेको जहाज निकालियो
तस्बिर : रोयटर्स ।
Ghorahi CementGhorahi Cement

कायरो । स्वेज नहरको बालुवामा फसेको ‘एभर गिभन’ जहाज करिब एक सातापछि आज निकालिएको छ । स्थानीय समयानुसार सोमबार बिहान साढे ४ बजे जहाज बालुवाबाट निकालिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

पनामामा दर्ता भएको उक्त जहाज चीनबाट नेदरल्यान्ड्स जानेक्रममा गएको मंगलबार बिहान स्वेज नहरमा फसेको थियो । सो जहाज पूर्ण रुपमा ‘ट्रयाक’मा आइसकेपछि क्रमिक रुपमा जहाजको चाप कम हुने बताइएको छ । हावाको वेगका कारण ४०० मिटर लम्बाइ र ५९ मिटर चौडाइ भएको उक्त जहाज नहरको वारपार तेर्सो पर्दा मार्ग अवरुद्ध भएको थियो ।

Agni Group

उक्त विशाल जहाज फसेपछि इन्धन बोकेका ट्यांकरको ढुवानी मूल्य झन्डै दोब्बर हुनुका साथै विश्व आपूर्ति शृंखला नै प्रभावित भएको थियो । जहाज निकालिएको खबरपछि कच्चा तेलको प्रतिब्यारेल मूल्य १ डलरले घटेको छ ।

एसिया र युरोपबीच इन्धन, खाद्यान्न र अन्य व्यापार गर्नका लागि स्वेज नहर मुख्य मार्ग हो । विश्वभर जलमार्गबाट हुने ढुवानीको १५ प्रतिशत यही नहर हुँदै कारोबार हुने गरेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १६, २०७७  ११:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC