site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
निगमले जहाजको किस्ता तिर्न सकेन, सरकार जमानीमा छ सञ्चयकर्ताको रकम डुब्दैन 
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड–१९ ले नेपाल वायुसेवा निगम किस्ता गर्न नसक्ने अवस्थामा पुगेको छ । निगमले एक वर्षदेखि किस्ता तिर्न सकेको छैन । विमान खरिद गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट १२–१२ अर्ब गरी २४ अर्ब रुपैयाँ ऋण लिएको निगमले कोभिड अगाडि दुई किस्ता तिरेको थियो । 

त्यसपछि निगमले किस्ता तिर्न नसकेको नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले बताए । 

उनले किस्ता तिर्नको लागि ताकेता गरिरहेको बताए । यद्यपी उनले कोभिडका कारण निगमले किस्ता तिर्न नसके पनि ऋण दिने बेलामा अर्थ मन्त्रालय जमानी बसेकाले सञ्चयकर्ता डराउनुपर्ने अवस्था भने नरहेको स्पष्ट पारे । 

Prabhu Bank
Agni Group
NIC Asia

“सरकार नै जमानी बसेकाले हामी सुरक्षित नै छौं । संचयकर्ताको पैसा केही हुँदैन, डराउनुपर्दैन,” उनले भने । 

कोभिडका कारण समस्या परेकाले ऋण तिर्न अत्याउन नहुने पनि उनले बताए ।

Global Ime bank

निगमले वार्षिक रुपमा जति ब्याज भुक्तानी गर्न सक्दैन, त्यो ब्याजबापतको रकम साँवामा रुपान्तरण हुनेछ । 

“असार मसान्तसम्म जति किस्ता तिर्न सक्दैन ब्याजसमेत पूँजीकरण हुनेछ,” नेपालले भने । 

उनका अनुसार अर्थ मन्त्रालय ऋण जमानी बसेकाले समय–समयमा निगमले किस्ता तिर्न नसकेको, ऋणको विषयमा जानकारी गराउने गरिएको छ । त्यस्तो जानकारी निगमलाई समेत गराउने गरिएको उनले बताए ।

कोभिड १९ का कारण हरेक क्षेत्र प्रभावित भएको र त्यसको चपेटामा निगम पनि परेकाले अझै केही वर्ष निगम ऋण तिर्न समस्यामा पर्ने देखिन्छ । 

निगम एकातर्फ ठूला विमान खरिद गर्दाको किस्ता तिर्न नसक्दा समस्यामा छ भने अर्कोतर्फ चिनियाँ जहाजबाट समेत वार्षिक करोडौं रुपैयाँ घाटा बेहोर्न बाध्य छ ।

निगमले किस्ता तिर्न नसकेको विषयमा अर्थ मन्त्रालयलाई पटक पटक जानकारी गराउँदै आएको कर्मचारी संचय कोषका लगानी विभाग प्रमुख अर्जुन गौतमले बताए । संचय कोषसँग लिएको १२ अर्ब साँवामा ब्याजसमेत गरेर १४ अर्ब ८४ करोड रुपैयाँ पुगेको उनले बताए । 

“अहिलेको मितिसम्म ९ वटा किस्ता हो । त्यसमध्ये २ वटाको मात्रै तिरेको छ, ७ वटा किस्ता तिर्न सकेको छैन,” उनले भने ।

उनले पनि संचयकर्ताको पैसा भएकाले  सरकार नै ग्यारेन्टी बसेपछि कुनै न कुनै रुपमा सरकारले तिर्ने बताए । “यदी निगमले तिर्न सकेन भने, सरकारले तिर्छ । संचयकर्ताको पैसा केही हुँदैन,” उनले भने ।

यद्यपी संचय कोषले ‘ओभर ड्यू’ भएको पैसा तिरिदिन वा ग्यारेन्टी थपिदिन अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ । कोषले गत फागुन २० गते अर्थ मन्त्रालयलाई पत्र लेखेरै यस्तो आग्रह गरेको हो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १६, २०७७  ०९:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC