site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पेरूमा ६ इन्धन ट्यांकर दुर्घटना, कैयौँ व्यक्तिको मृत्यु भएको आशंका
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

लिमा । पेरूमा इन्धन बोकेर सडकमा गुडिरहेका ट्यांकर विस्फोट हुँदा सडक छेउछाउमा रहेका कैयौँ व्यक्तिको मृत्यु भएको हुन सक्ने पेरूको प्रहरीले जनाएको छ ।

पेरूको राष्ट्रिय राजमार्ग प्रहरी प्रमुख एर्लिन सिल्भाले घटनाको पुष्टि गरेका छन् । घटनामा कति व्यक्तिको ज्यान गएको हो भन्नेबारे अझै यकिन विवरण सार्वजनिक नभएको उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

स्थानीय समयानुसार शनिबार एक पेरूभियाली टेलिभिजनसँगको अन्तर्वार्तामा उनले घटनाको विवरण दिँदै भने, “सडकमा इन्धन बोकेर गुडिरहेको ट्यांकरमा सडकमाथिबाट आएको एउटा चट्टानले सँगै रहेका ६ मध्ये पहिलो ट्यांकरमाथि लागेपछि ट्यांकरबाट इन्धन चुहेको र उक्त ट्यांकरमा आगलागीपछि विस्फोट भएको र क्रमशः अन्य ट्यांकरमा पनि आगलागी र विस्फोट भएको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् । घटनाबारे अनुसन्धान सुरू भइसकेको छ ।”

घटनास्थल राजधानी लिमाबाट ८६ किलोमिटर टाढाको राजमार्गमा भएको हो । आगलागी नियन्त्रण र बस्तीमा फैलिन नदिनका लागि १० दमकल घटनास्थलमा पुगी निरन्तर काम गरिरहेको बताइएको छ ।

Global Ime bank

विस्फोटका कारण राजमार्गमा गुडिरहेका कार तथा अन्य गाडीहरूमा पनि असर परेको बताइएको छ । तर, कति व्यक्तिको मृत्यु भएको वा घाइते भएको भन्ने विवरण अझै आइसकेको छैन ।

पेरूको यातायात तथा सूचना मन्त्रालयले आफ्नो ट्विटरमार्फत उक्त क्षेत्रमा गाडी तथा मानवीय आवत-जावतलाई तत्कालका लागि रोकिएको र सवारी चालकहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १५, २०७७  २१:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC