अर्थ व्यवसाय
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले महाँकालचौरदेखि वितरण गरेको मेलम्चीको पानी धारामा पुगे/नपुगेको गुनासो सुन्ने जनाएको छ ।
आज दिउँसो २ बजेबाट पठाइएको पानी आधा घण्टामा धारा–धारामा पुग्ने भनिएको थियो । केयूकेएलका प्रवक्ता प्रकाशकुमार राई अहिले अनामनगर, मीनभवनका ट्यांकी भरिँदै गरेको जानकारी दिए ।
‘‘सुन्दरीजलमा विद्युत् गएकाले केही समय ढिलो हुनेछ । साँझसम्म मीनभवन र अनामनगर क्षेत्रमा पानी जानेछ । महाँकालको ट्यांकीबाट जाने क्षेत्रमा भने पानी पुगिसकेको छ,” उनले भने ।
प्रकाशित मिति: आइतबार, चैत १५, २०७७ १६:१०
प्रतिक्रिया दिनुहोस्