site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोरोनासम्बन्धी अफवाह फैलाएपछि भेनेजुयलाका राष्ट्रपतिको फेसबुक पेज बन्द
Sarbottam CementSarbottam Cement

काराकस । फेसबुकले भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोको फेसबुक पेज केही समयका लागि बन्द गरिदिएको छ । कोरोनाभाइरसको विषयमा गलत सूचना सम्प्रेषण गरेको भन्दै फेसबुकले मदुरोको पेज बन्द गरिदिएको हो ।

गएको जनवरीमा उनले टाएम नामक जडीबुटीको घोलले कोरोनाभाइरसको उपचार गर्ने ‘अपुष्ट’ दाबी गरेका थिए । मदुरोले बारम्बार फेसबुक प्रयोगको सर्त र नियमहरुको उल्लंघन गरेको कम्पनीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मदुरोले उक्त फेसबुक पेजमार्फत आगामी ३० दिनसम्म कुनै विषयमा लेख्न पाउने छैनन् । “हामीले फेसबुकको नियम उल्लंघन गर्ने गरी राष्ट्रपति मदुरोको पेजमा पोस्ट भएको एउटा भिडियो हटाएका छौँ,” फेसबुकका एक प्रवक्ताले बीबीसीलाई भने, “जसले आम मानिसमा कोभिडका विषयमा भ्रम सिर्जना गरी जोखिम बढाउने सम्भावना थियो ।”

कोभिड–१९ को विषयमा प्रतिक्रिया दिएर सामाजिक सञ्जालको ‘कारबाही’मा पर्ने मदुरो एकमात्र नेता होइनन् । यसअघि, तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ब्राजिलका प्रधानमन्त्री जैर बोल्सोनारोले पनि यस्तै स्थितिको सामना गर्नुपरेको थियो ।

Global Ime bank

पछिल्लो समय सामाजिक सञ्जालमा कोभिड–१९ को विषयमा भ्रामक सूचनाहरु फैलने समस्या बढ्दै गएको छ । बेलायतस्थित सेन्टर फर काउन्टरिङ डिजिटल हेट (सीसीडीएच)का अनुसार फेसबुक र ट्विटरमा यस्ता अफवाह फैलाउन एक दर्जन मानिस जिम्मेवार रहेका बीबीसीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १५, २०७७  १५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC