site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मेलम्चीको पानी वितरण केन्द्रमा भरिँदै, आज दिउँसो २ बजेदेखि धारा–धारामा 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । मेलम्चीको पानी आजदेखि काठमाडौंका धारा–धारामा वितरण गरिने भएको छ । २०५६ सालदेखि मेलम्ची खानेपानी विकास समिति गठन भएर आयोजनाको काम हुँदै आएको थियो ।

मेलम्चीको पानी वितरणका लागि राजधानीका तीन ठाउँका ट्यांकीमा पानी भरिँदै छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडल (केयूकेल)का अनुसार पुरानै पाइपबाट पानी घर–घरमा छाड्न लागिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईका अनुसार आज बिहान १० बजेदेखि अनामनगर, मीनभवन र महाँकालका ट्यांकीमा पानी भर्न सुरु गरिएको छ । ‘‘ट्यांकी भरिन चार घण्टा लाग्छ । त्यसपछि परीक्षणका लागि धारामा पानी पठाउँछौँ । अहिले हामी परीक्षणकै चरणमा छौँ । केयूकेएलका यी ठाउँमा रहेका पुराना ट्यांकीमार्फत पानी वितरण गर्ने योजना छ,” उनले भने, ‘‘महाँकालचौर, अनामनगर, मीनभवन, महाराजगन्ज, बाँसबारी, बालाजुलगायत ठाउँका पुरानै ट्यांकीमा पानी भरी घर–घरमा पठाउन लागेका हौँ । सडकमा पानी चुहावट र ढल मिसिने समस्या आएमा पानी पठाउन रोकिनेछ ।”

धारामा पानी सहजै जाने र सडकमा पानी चुहावट नहुने अनुमान गरिएको उनको भनाइ छ । ‘‘सबै धारामा एकैचोटी पानी आउँदैन । हामीले सिफ्ट मिलाएर पठाउँछौँ । ट्यांकीमा पानी भर्ने काम भइरहेको छ । यी ट्यांकीबाट चार करोड लिटर पानी वितरण गर्ने तयारी थालेका छौँ,” उनले भने, ‘‘त्यसैले पनि पानी चुहावट र सडक जलमग्न हुने जोखिम कम छ ।”

Global Ime bank

प्रवक्ता राईका अनुसार परीक्षणका लागि सकेसम्म पानी निरन्तर छाडिनेछ । मेलम्चीबाट सुन्दरीजलमा १७ करोड लिटर पानी छाडिने भए पनि अहिले कम पानी वितरण गर्ने योजना केयूकेएलको छ ।

केयूकेएलका कार्यकारी निर्देशक मिलन शाक्य क्षमताअनुसार सुरुङमा पानी नछाडिएको बताउँछन् । ‘‘हामीले अहिले चार करोड लिटर पानी वितरण गर्न लागेका छौँ । काठमाडौंमा अहिले ४३ करोड लिटर पानीको माग छ । विस्तारै पानीको आपूर्ति पूरा गर्ने योजना बनाएका छौँ,” उनले भने ।

पानी सफा भएर धारामा जाने केयूकेएलको दाबी छ । उनले भने, “सुन्दरीजलको प्रशोधन केन्द्रमा पानी चलाइएको छ । आजदेखि पाँच दिनसम्म दैनिक चार करोड लिटरका दरले पानी पठाइनेछ । त्यसपछि पानीको परिमाण बढाउँदै लैजाने छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १५, २०७७  १२:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC