site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
म्यानमारको अर्थतन्त्र १० प्रतिशतले ओरालो लाग्ने विश्व बैंकको चेतावनी
Sarbottam CementSarbottam Cement

रोयटर्स । विश्व बैंकले म्यानमारमा आर्थिक मन्दीको चेतावनी दिएको छ । शुक्रबार विश्व बैंकले म्यानमारको अर्थतन्त्रको पूर्वानुमान गर्दै यो वर्ष यहाँको अर्थतन्त्रमा १० प्रतिशतले मन्दी लाग्ने प्रक्षेपण गरेको हो ।

गत फेब्रुअरी १ मा सेनाले ‘कू’ गरेपछि बढेको प्रदर्शन, मजदुर आन्दोलन, सैन्य कारबाही लगायतले आर्थिक गतिविधि ठप्प भएको छ । यसअघि यहाँको आर्थतन्त्र उकालो लाग्ने अनुमान गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

सैन्य ‘कू’लाई विफल तुल्याउन अमेरिका र बेलायतले सैन्य अधिकारीको लगानी रहेका कम्पनीमाथि प्रतिबन्ध लगाएको छ ।

सेनाले निर्वाचित सरकारलाई हटाएर सत्ता हातमा लिएपछि म्यानमारमा नियमित जसो प्रदर्शन हुँदै आएको छ । प्रदर्शनकारीमाथि सेनाले हिंसात्मक रुपमा दमन गर्दा हालसम्म ३२० प्रदर्शनकारीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Global Ime bank

लामो समयदेखि म्यानमारको अर्थव्यवस्था सेनाको नियन्त्रणमा छ । सेनाले होल्डिङ फर्म र सहायक कम्पनीमार्फत यहाँको मदिरा, चुरोट, टेलिकम, टायर, खनिज र रियल स्टेटमा ठूलो लगानी गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  १८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC