अर्थ व्यवसाय
काठमाडौं । माछापुच्छ्रे बैंकले एमबिएल स्मार्ट डलर कार्ड संचालनमा ल्याएको छ । माछापुच्छ्रे बैंकमा खाता भएका ग्राहकले आफ्नो प्यान कार्ड पेस गरि अमेरिकी डलर ५०० बराबरको कार्ड प्राप्त गर्न सक्ने जनाइएको छ ।
उक्त कार्डमार्फत भारत बाहेक विश्वका अन्य मुलुकबाट वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको इकमर्स साइटमार्फत अनलाइन भुक्तानी गर्न सक्नेछन् । कार्ड मार्फत ग्राहकले एकै पटक वा पटक पटकगरि एक बर्षमा अमेरिकी डलर ५०० बराबर को कारोबार गर्न सक्ने जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७ १८:०७
प्रतिक्रिया दिनुहोस्