site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जोगबनी नाका : मुख्य बाटो बन्द, सहायकबाट निर्वाध आऊजाऊ
Sarbottam CementSarbottam Cement

विराटनगर । नेपाल–भारतकोे जोगबनी नाका छिर्ने साविकको मुख्यद्वार बन्द छ । नेपालतर्फको एक नम्बर, दुई नम्बर र तीन नम्बर ढाटमा ताल्चा लगाइएको छ । अघिल्लो वर्ष चैतमा सुरु भएको लकडाउनदेखि नै ढाट बन्द गरिएको हो । 

ढाट पारि भारतका सुरक्षाकर्मी र नेपालपट्टीको पालमा सशस्त्र र जनपद प्रहरीका जवानले २४ घण्टा पहरा दिइरहेका छन् ।

टेबुलमा रजिस्टर राखिएको छ । त्यसमा भारतबाट नेपालतर्फ प्रवेश गर्ने नागरिकको अभिलेख राखिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

एक नम्बर गेट नजिकै उत्तरपट्टी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले उपलब्ध गराएको पाल मुनि एकजना नेपाली स्वास्थ्यकर्मी बसेकी छन् । 

भारतबाट जोगबनीको मुख्य नाका भएर बिरलै आउने नेपाली र भारतीय नागरिकको त्यहाँ ज्वरो जाँचिन्छ । आवश्यक परे एन्टिजेन परीक्षण गर्न नमूना लिइन्छ । तर, सानो संख्यामा मानिस आउने भएकोले ज्वरोसम्म परीक्षण हुँदै आएको छ ।

Global Ime bank

नाकाको मुख्य प्रवेशद्वारमा नेपाली सुरक्षाकर्मीले नेपाल प्रवेश गर्नेको दैनिक अभिलेख राख्ने गरेको छ । यो तथ्यांकका अनुसार मुख्यद्वारबाट दैनिक दशजना जति मानिस नेपालतिर आएको देखिन्छ । तर, त्यसको ठिक चार सय मिटर जति उत्तरपट्टी भने भारतबाट नेपाल आउने र नेपालबाट भारततिर छिर्नेको लर्केताँत नै लाग्ने गरेको छ । 

जिल्ला प्रहरी कार्यालयको प्रहरी बिटसँगै जोडिएको उत्तरपट्टीको सडकमा टाउकोमा पोकापन्तुरा बोकेका मानिसको जुलुस नै देखिन्छ । नेपालतिरबाट यसरी नै भारत जानेहरुको संख्यामा पनि कुनै कमी छैन । हुलास मेटल क्राफ्ट उद्योग पश्चिमको विराटनगर जुट मिल्स लिमिटेडको भित्ता नजिकैको सडकबाट भरिभराउ छ । कोरोनाको संक्रमण फैलन नदिन नेपाल सरकारले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड सीमामा लागू भएको देखिएको छैन । 

दिउँसो भारतबाट नेपाल छिर्ने ‘चोरबाटो’ भनिने मटेरुवा पुग्दा मानिसको आऊजाऊ बाक्लिदो देखिएको थियो । टिकुलिया वस्ती र इस्लामपुरतिर पनि ठूलो घुइँचो देखिन्छ । मानिस आउजाउ गर्ने क्रम दैनिक बाक्लिँदो छ । जोगबनी सीमामा नेपाल सरकारले मुख्य नाकाको ढाट खोलेको छैन । तर, मानिसहरु छेउका सहायक र चोरबाटो प्रयोग गरिरहेका छन् । 

यसरी आउनेहरुको अभिलेख राख्ने र स्वास्थ्य परीक्षण गर्ने काम हुन सकेको छैन । जोगबनी नेपालीहरुको किनमेलको पहिलो रोजाइको बजार भएकोले विराटनगरसहित विभिन्न ठाउँबाट नेपालीहरु जाने गर्छन् । यसरी आउजाउ गर्दा भारतबाट कोरोनाको संक्रमण नेपालतर्फ फैलने खतरा देखिएको छ । विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका निरीक्षक डा. दिलिपकुमार यादवले सीमाबाट हुने निर्वाध आउजाउले संक्रमणको जोखिम बढेको बताए ।

भने,“भारतमा फेरि संक्रमण फैलन शुरु भएकोले त्यो सरेर यता पनि आउने अधिक सम्भावना छ ।” विराटनगरमा पछिल्लो पटक दैनिक जसो मानिसहरुमा संक्रमण देखिन सुरु भएको छ । 

भारतका सीमावर्ती क्षेत्रहरुमासमेत कोरोनाको संक्रमण फैलन सुरु भएकोले सरकारले सचेत हुन आग्रह गरेको छ । नजिकिएको होली पर्वलाई समेत मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय मोरङले भिडभाड नगर्न र स्वास्थ्य मापदण्ड पलना गर्न नागरिकमा आग्रह गरेको छ । 

प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले संक्रमणको जोखिमका कारण होलीमा समेत धेरै भिडभाड गर्न नहुने बताए ।

भने,“भिड नगर्न र स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न सर्वसाधरणमा अपिल गरेका छौं ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC