site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतमा फेला परेको नयाँ ‘डबल म्युटेन्ट भेरिएन्ट’ कत्तिको खतरनाक ?
Ghorahi CementGhorahi Cement

बीबीसी । भारतमा संकलित स्याम्पलहरुमा कोरोना भाइरसको नयाँ ‘डबल म्युटेन्ट भेरिएन्ट’ फेला परेको छ । यस्तोमा वैज्ञानिकहरु अहिले एउटै भाइरसमा दुईवटा म्युटेसन अर्थात परिमार्जन हुनुले त्यसलाई कत्तिको संक्रमक बनाउँछ या खोपहरुको प्रभाव पो कम गर्छ कि भनेर अध्ययन एवम् जाँच गरिरहेका छन् । 

के हो डबल म्युटेन्ट भेरिएन्ट ?

अरु भाइरस जसरी नै कोरोना भाइरसको स्वरुपमा पनि एउटा मान्छेबाट अर्कोमा सर्दै जाँदा ससानो परिवर्तन आइरहेको हुन्छ ।

Agni Group

तर यस किसिमका परिवर्तनले प्रायः भाइरसको व्यवहारमा ठूलो प्रभाव पार्दैन । यसमा केही म्युटेसनले चाहिँ भाइरसको ‘स्पाइक प्रोटिन’ मा बदलाव ल्याउन सक्छ । स्पाइक प्रोटिनलाई भाइरसले मान्छेमा संक्रमित गर्न सेल भित्र प्रवेश गर्न प्रयोग गर्ने गर्दछ ।

त्यसैले यस्ता प्रकारका भाइरस सम्भावित रुपमा अरु भन्दा संक्रामक हुन सक्छन् र गम्भीर बिरामी पार्न सक्छन् या खोपले पनि यसमाथि काम नगर्न सक्छ । 

Global Ime bank

भारत सरकारका अनुसार पश्चिमी स्टेट, कोरोनाको हटस्पट महाराष्ट्रबाट संकलन गरिएको स्याम्पलमा गत डिसेम्बरको तुलनामा ‘इ४८४क्यु’ र ‘एल४५२आर’ म्युटेसनको मात्रा बढी रहेको पाइएको हो । स्वास्थ्य मन्त्रालयले भनेको छ, “यस किसिमको डबल म्युटेसनले शरीरको प्रतिरोधात्मक प्रहारबाट भाइरसलाई बचाउन सक्छ र संक्रमण स्तर वृद्धि गराउन सक्छ । ”

लुसियाना स्टेट युनिभर्सिटीका भाइरोलोजिस्ट डाक्टर जेरेमी कमिलका अनुसार इ४८४क्यु म्युटेसन इ४८४के सँग मिल्दोजुल्दो छ जुन यसअघि दक्षिण अफ्रिका र ब्राजिलमा छुट्टाछुट्टै फेला परेका परिमार्जित कोरोना भाइरस हुन् । यसरी भाइरस पर्याप्त रुपमा परिमार्जित हुन सक्ने हो भने त्यसले फरक किसिमले काम गर्न सुरु गर्नेछ र चिन्ताजनक भेरिएन्ट बन्न सक्छ । 

के यस किसिमको डबल म्युटेसन दुर्लभ हो ?

यो दुर्लभ नभएको डाक्टर कमिल बताउँछन् । उनी भन्छन्, “अहिले एकपटकमा एउटा भन्दा धेरै म्युटेसन देखिनु एकदमै सामान्य भइसकेको छ । महामारीको सुरुवातमा स्पाइक जिनहरुमा एउटा किसिमको म्युटेसन कताकती फेला परेको थियो तर अहिले त्यही किसिमको भाइरस सबैतिर व्याप्त भएको उनले बताए ।

डाक्टर कमिलका अनुसार गत मार्चमा बेलायतबाट संकलन गरिएको स्याम्पलमा ४३ भाइरसमा अहिले भारतमा भेटिएको दुईवटै म्युटेसन रहेको थियो । 

नयाँ भेरिएन्ट कति चिन्ताजनक ?

स्पाइक जिनमा परिवर्तन आउनुले हाम्रो सेल संक्रमण गर्ने भाइरसको क्षमतामा सुधार ल्याउँछ या एन्टिबडिजलाई निर्मुल पारेर भाइरसलाई बचाउन सक्छ । यसको अर्थ भाइरस सहि तरिकाले म्युटेट भएमा यसले कोभिड–१९ बाट ठीक भइसकेकालाई पुनः संक्रमित गराउन सक्छ । तर वैज्ञानिकहरुले पुनःसंक्रमणले सुरुवाती संक्रमणको तुलनामा मध्यम किसिमको प्रभाव मात्र पार्ने बताउँदै आएका छन् । 

यदि भाइरसले पुनःसंक्रमण मार्फत कोरोना फेरि फैलाउँछ भने यसले ‘हर्ड इम्युनिटी’ सिर्जना गर्नेछ । हर्ड इम्युनिटी भनेको समुदायको ठूलो हिस्सा खोप या रोगको व्यापक फैलावटका कारण भाइरसबाट असर विहिन वा इम्युन हुनु हो । यसले संवेदनशील वर्गमा गम्भीर बिरामी पर्ने जोखिम बढाउँछ किनकी भाइरस इम्युन समुह हुँदै उनीहरुसम्म पुग्न सक्छ । 

डाक्टर कमिलका अनुसार भारतमा फेला परेको भेरिएन्ट सम्भावित रुपमा बढी खतरनाक या संक्रमक नहुन सक्छ तर अझैपनि यसबारे निश्चित हुन थप डाटा आवश्यक पर्नेछ । 

के नयाँ भेरिएन्टकै कारण भारतमा दोस्रो लहर सुरु भएको हो ?

भारतमा बुधबार मात्र ४७ हजार बढी नयाँ संक्रमित फेला परेका हुन् भने २७५ को मृत्यु रेकर्ड गरिएको छ जुन वर्षकै सबैभन्दा उच्च दैनिक तथ्याङ्क हुन्छ । हाइद्राबादमा आधारित ‘सेन्टर फर सेलुलर एण्ड मोलिक्युलर बायोलोजी’ (सीसीएमबी)का निर्देशक डाक्टर राकेश मिश्रले बताए अनुसार महाराष्ट्रमा फेला परेका २० प्रतिशत बिरामीमा मात्र यो नयाँ प्रकारको भाइरस दखिएको थियो । यो म्युटेन्ट हजारौँ स्याम्पल मध्ये २३० मा देखिएको थियो जसकारण नै यसलाई हालको दोस्रो लहरको संक्रमणका लागि पूर्ण जिम्मेवार ठहर्याउन नमिल्ने उनले बताए । 

यो भन्दा चिन्ताजनक बरु बेलायतबाट फैलिएको भेरिएन्ट रहेको उनी बताउँछन् । बेलायतको परिमार्जित कोरोना भाइरस ५० भन्दा धेरै मुलुकमा फैलिसकेको छ र भारतमा समेत १० हजार स्याम्पल मध्ये ७३६ मा देखा परिसकेको छ । त्यसैले बरु यसले चाहिँ भारतमा गम्भीर दोस्रो लहर फैलााउन सक्ने डाक्टर कमिल बताउँछन् । अध्ययनका अनुसार बेलायती भेरिएन्ट सुरुवाती भाइरस भन्दा ५० प्रतिशत बढी संक्रमक छ र ६० प्रतिशत बढी प्राणघातक पनि छ । तापनि स्वभाविक रुपमा दोस्रो लहर फैलने कुरा मान्छेको व्यवहारमै निर्भर रहेको डाक्टर कमिलले बताए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  ०९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC