site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इजरायलमा आधा भन्दा धेरै जनताले दुवै डोज खोप लगाइसके 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

येरुसेलम । इजरायलले आफ्नो ९३ लाख जनसङ्ख्यामा आधा भन्दा बढी नागरिकहरुलाई कोभिड विरुद्ध दुईवटै डोज खोप लगाइसकेको बिहिबार त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप अभियान तिव्र रुपमा लागू गराउन सक्नुले नै देशलाई सो सफलता दिलाएको बताइएको छ । 

इजरायलमा फाइजर खोपको वितरण गत डिसेम्बर देखि नै सुरु गरिसकिएको थियो । यसमा १६ वर्ष भन्दा माथिको उमेरका सबैलाई खोप लगाउन योग्य ठहर गरिएको थियो । संक्रमण दर लगातार घटिरहेको  तथ्याङ्क उल्लेख गर्दै स्वास्थ्य मन्त्री युली एडलस्टाइनले यो खुसीको खबर सुनाएका हुन् । त्यस्तै उनले कोरोनाको अर्को लहर सुरु हुन नदिन सबै नागरिकहरुमा सुरक्षाका उपाय अपनाइरहन समेत आग्रह गरेका हुन् । 

इजरायलले पूर्वी येरुसेलमका प्यालेस्टिनी नागरिकहरुलाई पनि आफ्नै जनङ्ख्या मानेको छ र खोप प्रदान गरिरहेको छ । यसले इजरायलमा काम गर्ने प्यालेस्टाइनका नागरिकलाई पनि खोप अभियानमा सहभागी गराउने निर्णय गरेको हो । उता प्यालेस्टाइनको स्वास्थ्य निकायले चाहिँ एकदम सिमित रुपमा वेस्ट ब्यांक र गाजा क्षेत्रमा खोप कार्यक्रम आयोजना गरेको छ । जसमा इजरायल, रुस, युएइ र संयुक्त राष्ट्र संघको कोभ्याक्स कार्यक्रमबाट अनुदान आएका खोपहरु प्रयोग गरिएको छ ।  
रोयटर्स 
 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  ०९:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC