site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हिरोज अफ नेपालमा सेफ सन्तोष साह
Sarbottam CementSarbottam Cement

काठमाडौं । नबिल बैंकले हिरोज् अफ नेपालमा सेफ सन्तोष साह सम्मानित भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाएर नेपालको शिर उच्च राख्न सफल नेपालीहरुलाई सम्मान गर्ने मञ्च हिरोज अफ नेपालमा साह सम्मानित भएका हुन् ।

हिरोज अफ नेपालको दोस्रो संस्करणमा नेपाली खानालाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने साह सम्मानित भएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले यूकेको मास्टरसेफ कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै नेपाली परिकारलाई विश्व सामु चिनाएका थिए । उनले नेपालीको शिष्टाचार र मैत्रीपूर्ण भावलाई पनि प्रदर्शन गरेर हरेक नेपालीलाई गौरवान्वित बनाएको बैंकको बुझाइ छ । साह, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र पूर्व मिस नेपाल अनुष्का श्रेष्ठबीच भएको प्यानल छलफलको क्रममा शाहले आफ्नो उपलब्धिका बारेमा बोलेका थिए भने जीवन यात्राका चुनौती पनि विस्तार गरे ।

नबिल बैंकले साहलाई उनको उत्कृष्ट अनुगमनलाई जारी राख्न प्रोत्साहनको रूपमा प्रेरणादायक उपलब्धिका लागि सम्मानित गरेका बताएको छ । बैंकले सेफ शाहको गृहनगरमा ई–पुस्तकालय निर्माण गर्न र ५ महिला विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न पनि प्रतिबद्धता जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  १९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC