काठमाडौं । ग्लोबल आइएई बैंकले ‘ग्लोबल ईकम डलर कार्ड’ जारी गरेको छ । अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले ल्याएको परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्ने प्रावधानअनुरुप ग्लोबल आइएमई बैंकले डलर कार्ड जारी गरेको हो ।
बैंकले जारी गरेको डलर कार्डबाट भारत बाहेक अनलाइनमार्फत सामान खरिद तथा अनलाइनबाट प्रवाह हुने सेवामा आफ्नो व्यवसाय प्रवद्र्धन गर्न सकिन्छ ।
बैंकमा खाता भएका ग्राहकले आफ्नो नागरिकता र प्यान कार्ड पेस गरेर ५ सय रुपैयाँ सेवा शुल्क तिरेर डलर कार्डको सुविधा लिन सक्नेछन् । साथै कार्डमार्फत कुनै पनि बैंकमा नगई घर तथा कार्यालयबाटै आफैंले सामानको भुक्तानी गर्न तथा अनलाइनमार्फत गरिने अन्य सेवा–सुविधा लिन सकिन्छ ।
यसअघि नविल बैंक, एनएमबि बैंकले पनि डलर कार्ड जारी गरिसकेका छन् ।